default_image

5 years ago

January 16, 2020

रोहित अष्ट्रेलिया हुँदै इन्डोनेसिया जाने

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द छोटो समयको नेपाल बसाईपछि अष्ट्रेलिया लागेका छन् । इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहित त्यहाँको सिजन सकिएसँगै नेपाल आएका थिए ।

नेपालमा झन्डै २ साता समय बिताएका रोहित अहिले कुनै क्लबमा आबद्ध छैनन् । उनी हाल ‘फ्री एजेन्ट’ छन् । त्यसैले पनि नेपालमा रहँदा उनलाई केहि ठूला क्लबले अनुबन्धनको प्रस्ताव राखेका थिए । तर रोहितले अफ सिजनमा विश्रामका लागि समय छुट्टयाएको भन्दै कुनै क्लबमा पनि सम्झौता गरेनन् । रोहितनिकट स्रोतका अनुसार उनलाई पर्सिजाले नयाँ सम्झौताको प्रस्ताव राखिसकेको छ ।

अघिल्लो सिजन पनि पर्सिजाले रोहितको मागअनुसार सम्झौता प्रस्ताव नगर्दा उनी क्लबमा आबद्ध नै नहुने अवस्था सिर्जना भएको थियो । तर अन्त्यमा क्लबले समर्थकहरुको दवाव र टोलीको आवश्यकता मध्यनजर गर्दै रोहितलाई अनुबन्ध गरेको थियो । गत सिजन क्लबका सबैभन्दा पुराना खेलाडी बाम्बाङ पामुंग्कासले संन्यास लिएपछि रोहित अब पुराना खेलाडीमा परेका छन् ।

सन् २०१३ मा पर्सिजा पुगेका रोहितले त्यसयता एक सिजन चोटले गुमाउनुबाहेक सबै समय पर्सिजाकै जर्सीमा उत्रिएका छन् । सन् २०१८ को सिजनमा पर्सिजाले इतिहासमा नै पहिलो पटक लिग उपाधि जित्दा रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

क्लबका अध्यक्ष फेर्री पौलसले पनि पत्रकार सम्मेलनमा रोहितको सम्झौता नविकरण हुने पक्का रहेको बताएका छन् । उनीसँगै क्रोएसियाली फरवार्ड मार्को सिमिच पनि पर्सिजामै रहने अध्यक्ष पौलसले बताएका छन् ।

रोहित बिहीबार नेपालबाट एक कार्यक्रममा सरिक हुन अष्ट्रेलिया प्रस्थान गरेका हुन् । उनलाई तामाङ रिक्रियसन क्लबको आयोजनामा हुने छैटौं एक्स्पर्ट एजुकेसन कप २०२० को लागि विशेष निम्तो दिइएको छ । उनले आइतबार उक्त कार्यक्रममा सरिक भएर अर्को साता नै पर्सिजामा सम्झौता औपचारिकता पूरा गर्न इन्डोनेसिया पुग्ने बताइएको छ ।

रोहित अब नेपालले घरेलु मैदानमा हुने विश्वकप छनोटको खेलका लागि नेपाल आउनेछन् । नेपालले विश्वकप छनोट अन्तर्गत ५ खेल खेल्दै १ जित र ४ हार बेहोरेको छ । नेपालले अब घरेलु मैदानमा अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी रहेको छ । सबै खेल दशरथ रंगशालामा नै हुनेछन् ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.