default_image

5 years ago

January 16, 2020

माटाको गोलमा युनाइटेडको जित

75 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर युनाइटेड एफ ए कपको चौथो चरणमा प्रवशे गरेको छ । उल्भ्सलाई बुधबार राती १–० ले हराउँदै युनाइटेडले चौथो चरणको यात्रा तय गरेको थियो । हुवा माटाको एक मात्र गोलमा युनाइटेड विजयी भएको थियो । उनले ६७ औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा उच्च प्रदर्शन गरेको युनाइटेडले थप गोलका अवसर पाएर पनि सदुपयोग गर्न सकेन । एफए कपकै अर्को खेलमा कार्डिफ सिटीले कार्लिस्ली युनाइटेडलाई ४–३ ले हराएको थियो । एफ ए कपको चौथो चरणमा पुगेपछि युनाइटेडले प्रिमियर लिगमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन ।

२२ खेलमा टोली ३४ अंकसहित पाँचौं स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ६१ अंक छ । त्यस्तै दोस्रो स्थानको म्यानचेस्रट सिटीको ४७, लेस्टर सिटीको ४५ र चेल्सीको ३९ अंक छ ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.