default_image

5 years ago

January 16, 2020

रियल पुग्दा तौल बढेको हाजार्डले स्वीकारे

129 views

0 Bookmark

एजेन्सी – इडन हाजार्ड लामो चर्चापछि गत सिजन रियल म्याड्रिडमा आबद्ध भएका थिए । उनी जति बेला रियलमा आबद्ध भएका त्यो समय उनको बढेको शारीरिक तौलका बारेमा पनि चर्चा भएको थियो । बेल्जियन स्टारले पनि स्पेन पुग्दा केहि तौल बढी रहेको स्वीकार गरेका छन् ।

चेल्सीबाट सान्टियागो बर्नाबउ जाँदा उनी पहिला भन्दा मोटो देखिएका थिए । ‘त्यो सहि हो । म झुटो बोल्न चाहन्न,’ रियल पुग्दा तौल बढि थियो भन्ने प्रश्नमा उनको जवाफ थियो,‘ केहि बढी नै तौल थियो । तर त्यति बेलामा म बिदामा थिए ।’

रियल पुग्दाको समय उनले सामान्य अवस्थामा भन्दा ५ केजी बढेको बताएका थिए । म त्यस्तोमा पर्छु जसको तौल छिटो बढ्छ । सँगै म छिटो घटाउन पनि सक्छु । ‘ जितमा बेला १८ वर्षको थिए । त्यो बेला मेरो तौल ७२ वा ७३ हुन्थ्यो । त्यसपछि ७५ भए । त्यसपछि झन बढेर ७७ सम्म पुगे,’ उनले सम्झिए,‘ समरमा ८० केजी पुगे । तर अर्को १० दिनमा तौल घटाए पनि ।’

हाजार्डले जिनेदिन जिदानको प्रशिक्षणमा खेल्ने पहिला देखि नै चाहेका थिए । सन् २०१६ देखि नै उनी रियल जाने चर्चा पनि भएको थियो । तर, त्यसका लागि उनले केहि वर्ष कुर्नपरेको थियो ।

‘खेलाडीका रुपमा हाम्रो एउटै शैली छैन । प्राविधिक रुपमा उनी म भन्दा धेरै राम्रो छन्,’ जिदानका बारेमा हाजार्डले भने,‘ उनले फुटबलमा राम्रो समय बिताए । सबै उनको खेलबाट प्रभावित हुन्थे ।’

२०१६ को युरोपियन च्याम्पियनसिपका दौरान जिदानसँग भएको कुराकानी सम्झदै उनले भने , ‘उनले मलाई त्यति बेला नै क्लबमा हेर्न चाहेको बताएका थिए । त्यति बेला देखि नै मरो दिमागमा त्यो विषय घुमिरहेको थियो ।’

अहिले जिदानसँगको नेतृत्वमा रियलमा खेल्न पाउँदा खुसी लाग्ने उनले सुनाए । ‘ हाम्रो हरेक सेसन बलसँगै हुन्छ । मैले ३ वर्ष इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे, माउरिजियो सारीसँग बताए । त्यति बेला पनि मैले धेरै सिक्न पाए ,’ उनले थपे,‘ सायद त्यो समयमा मैले आफुलाई भिन्न रुपमा प्रस्तुत गर्न सफल भए ।’

बेल्जियन विङ्गरले आफु रियलबाट खेल्न चाहेको कहिल्यै लुकाएनन् । ‘ म आफ्नो बगैंचामा खेल्दा पनि आफुलाई रियलको खेलाडीका रुपमा प्रस्तुत गर्थे । जिदान मेरो आइडियल हुन् । मैले बर्नाबउ त्यतिबेला टिभिमा रहेको थिए,’उनले सम्झिए, ‘त्यो सेतो टिसर्टले म निकै लोभिन्थे । म छुट्टीमा स्पेन गएको थिए । तर म्याड्रिड पुगेको थिइन । हामी जति बेला खेल्थ्यौं र टिभिमा उनीहरुको खेल हेथ्र्यौ । हरेकले रियलका बारेमा कुरा गरेको सुन्थ्ये ।’

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.