5 years ago
January 14, 2020
एजेन्सी– यो वर्ष जापानमा ओलम्पिक आयोजना हुँदैछ । ब्राजिलियन सुपर स्टार नेयमार त्यसमा खेल्न चाहान्छन् । त्यसअघि कोपा अमेरिकामा पनि आयोजना हुनेछ । कोपा अमेरिका जुन १२ देखि जुलाई १२ सम्म कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्दैछन् । त्यस्तै ओलम्पिक जुलाई २४ देखि अगष्ट ५ सम्म आयोजना हुनेछ ।
तर, नेयमारका लागि सन् २०१६ कै अवस्था दोहोरिने सम्भावना छ । त्यति बेला उनी बार्सिलोनामा थिए । त्यति बेला स्वदेशमै आयोजना भएको ओलम्पिक खेल्न क्लबबाट नेयमारले अनुमति पाएका थिए । तर, उनले सोही वर्ष आयोजना भएको कोपा अमेरिका खेल्न पाएनन् ।
‘म दुवै खेल्न चाहन्छु । तर मलाई थाहा छ त्यो सहज छैन,’ समरको योजनाका बारेमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले भने,‘ म दुवै खेल्नका लागि उपलब्ध छु । तर, मलाई लाग्छ त्यो जटिल छ । किन की त्यहि समयमा क्लबको सिजन पनि सुरु हुनेछ ।’
त्यति बेला पनि आफुले दुवै प्रतियोगिता खेल्न चाहेको स्मरण गर्दै उनले भने, ‘ तर मलाई बार्सिलोनाले त्यो अनुमति दिएन ।’ उनले दुवै प्रतियोगिता खेल्नका लागि क्लबसँग छलफल गर्ने बताएका छन् ।
उनले थपे ‘ म ब्राजिलियन टोलीमा बसेर सहयोग गर्न चाहन्छु ।’ २०१६ को रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण पदक जितेको थियो । त्यति बेला नेयमारले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]