default_image

5 years ago

January 14, 2020

बार्सिलोनाबाट भाल्भेर्डे बर्खास्त, नयाँ प्रशिक्षक नियुक्त

87 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ । उनको बर्खास्तीसँगै टोलीले क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो ।

‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ ,’ बार्सिलोनाले बेवसाइटमार्फत विज्ञप्ती जारी गरेको छ । ६१ वर्षे सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । २००१ देखि उनी प्रशिक्षणमा सामेल भएका थिए ।

उनले रेसिङ साटान्डारलाई शीर्षस् स्थानमा उकालेका थिए । त्यसपछि पोली इजिडो, इक्वोटोरियल गुइने र त्यसपछि लोर्गोनेसको टोली सम्हालेका थिए । त्यसपछि उनको यात्रा लुगोमा रह्यो । जहाँ उनी ६ वर्ष रहे । टोलीलाई स्पेनिस दोस्रो श्रेणीको लिगमा स्थापित गराउन सफल रहे । त्यसपछि २०१५ मा उनी लास पालमासमा रहे ।

त्यसपछि २०१७ बाट मे २०१९ सम्म बेटिस सम्हालेका थिए । उनले आफ्नो पहिलो सिजनमै टोलीलाई युरोपा लिगमा छनोट गराए । त्यहि सिजन बेटिस कोपा डेल रेको सेमिफाइनल पुग्यो । तीन वर्षको सम्झौता हुदा हुँदै बोर्डसँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छोड्नु परेको थियो ।

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

March 9, 2025

बगान युथ बुट्टाबारी च्यालेन्ज कप फाइनलमा

हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]

March 9, 2025

एनएसएलको ड्राफ्ट बाट २७ खेलाडी अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]

Success

Thank you for your time.