5 years ago
January 13, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई फाइनलका विशेषज्ञ भन्दा फरक पर्दैन । फ्रान्सेली जिदानको प्रशिक्षणमा रियलले १० वटामा उपाधि जितेको छ । त्यसमध्येका ९ वटा नकआउट उपाधि हुन् भने एउटा लिग उपाधि जितेको थियो ।
जिदानको नेतृत्वमा खेलेका सबै नकआउटका ९ फाइनलमा रियलले सफलता प्राप्त गरेको छ । सन् २०१६/१७ मा भने उनको टोलीले सिजन भरको प्रदर्शनबाट ला लिगा उपाधि जितेको थियो ।
जिदानको नेतृत्वमा रियलले सन् २०१५/१६ को च्याम्पियन्स लिग फाइनलमा सहरि प्रतिद्वन्द्वि एटलेटिको म्याड्रिडलाई पेनाल्टीमा हराएको थियो । लगत्तै अर्को संस्करणमा युभेन्टसलाई हराउँदै उपाधि जितेको रियलले त्यसपछि लिभरपुललाई हराउँदै उपाधिमा ह्याट्रिक गर्यो ।
रियलले २०१६ मा काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकप जित्यो । त्यसको अर्को सिजन ग्रेमिओलाई हराउँदै दोस्रो उपाधि पनि रियलले क्लब विश्व कप जित्योे । यूईएफए सुपरकपमा पनि रियलले सेभिल्ला र म्यानचेस्टर युनाइटेडलाई हराउँदै लगातार दुई उपाधि पक्का गर्यो ।
जिदानले बार्सिलोनालाई सन् २०१७ को स्पेनिस सुपर कपको फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । पछिल्लो पटक आइतबारको फाइनलमा स्पेनिस सुपर कप एट्लेटिकोलाई हराउँदै जिदानले रियलसँग दशौं उपाधि जितेका छन् । यो सँगै उनले लगातार ९ फाइनल जित्ने सफलता पनि प्राप्त गरेका छन् । त्यसअर्थ जिदानलाई फाइनलको राजा भन्दा फरक पर्दैन ।
जिदानको प्रशिक्षणमा रियलले जितेको उपाधि
ला लिगा – २०१६/१७
स्पेनिस सुपर कप – २०१७,२०१९/२०
युइएफए च्याम्पियन्स लिग – २०१५/१६,२०१६/१७,२०१७/१८
युइएफए सुपर कप –२०१६,२०१७
फिफा क्लब विश्व कप –२०१६,२०१७
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]