5 years ago
January 13, 2020
एजेन्सी – म्यानचेस्टर सिटीका सुपर स्टार सर्जियो अगुइरोले प्रिमियर लिगमा इतिहास रचेका छन् । प्रिमियर लिग खेल्ने इङ्ल्यान्ड बाहिरका खेलाडी मध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
प्रिमियर लिगमा आइतबार सिटीले एस्टन भिल्लालाई ६–१ ले हराउँदा अगुइरोले ह्याट्रिक पुरा गरेका थिए । प्रिमियर लिगमै सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा उनी अहिले चौथो नम्बरमा छन् । प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने ५ खेलाडीका बारेमा यहाँ उल्लेख गरिएको छ ।
१.एलन शियरर (ब्ल्याकबर्न रोभर्स, न्युक्यासल)– २६० गोल
प्रिमियर लिगमा शियरर सर्वाधिक गोल कताए हुन् । ब्ल्याकबर्न रोभर्स र न्युक्यासलबाट १४ वर्ष माथिल्लो स्तरको फुटबल खेल्दा उनले २ सय ६० गोल गरेका थिए ।
ब्ल्याकबर्नले एक पटक मात्र लिग उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । यद्दपी ४९ वर्षेर शियररले आफ्नो व्यवसायिक जीवनमा कुनै पनि व्यक्तिगत अवार्ड भने जित्न सकेनन् ।
२. वायने रुनी (म्यानचेष्टर युनाइटेड, एभर्टन)– २०८ गोल
इङ्ल्यान्डका पूर्व कप्तान समेत रहेका रुनी युनाइटेडका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले युनाइटेडबाट खेल्दा ५ वटा प्रिमियर लिग उपाधि, एउटा एफए कप, एउटा च्याम्पियन्स लिग र एउटा युरोपा लिग जितेका थिए ।
एभर्टनबाट युवा अवस्थामा युनाइटेड पुगेका रुनीले त्यहाँ इतिहास रचेका थिए । उनी प्रिमियर लिगका एक उत्कृष्ट खेलाडी मध्ये पर्छन् । अहिले भने उनी डर्बीमा प्रशिक्षक र खेलाडीको भूमिकामा छन् ।
३. एन्डी कोल (न्यूक्यासल, म्यानचेष्टर युनाइटेड, ब्लाकबर्न, फुलह्यम, सिटी, पोर्टसमाउथ)– १८७ गोल
आफ्नो समयका एक उत्कृष्ट फरवार्ड मध्ये कोल पर्दछन् । खास गरि सन् १९९३ देखि २००० सम्म न्युक्यासल र युनाइटेडमा हुँदा उनी उच्च फर्ममा थिए । इङ्ल्यान्डका पूर्व खेलाडी समेत रहेका उनले प्रिमियर लिगमा १ सय ८७ गोल गरेका थिए ।
९० को दशकमा युनाइटेडलाई सफलता दिलाउनेमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले युनाइटेडमा ५ वटा प्रिमियर लिग, २ टा एफए कप र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।
४.सर्जियो अगुइरो (म्यानचेस्टर सिटी)– १ सय ७७ गोल
अगुइरो सिटीका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । त्यति मात्र होइन प्रिमियर लिग खेल्ने विदेश खेलाडी मध्ये पनि अगुइरो सर्वाधिक गोलकर्ता हुन् । उनले केहि वर्ष आफ्नो फर्मलाई कायम राख्न सकेको खण्डमा थप उपलब्धी हासिल गर्ने विश्वास लिइएको छ ।
सिटीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अर्जेन्टाइन अगुइरोले अहिले सम्म प्रिमियर लिगमा १ सय ७७ गोल गरिसकेका छन् ।
५. फ्रान्क लाम्पार्ड ( वेस्ट ह्याम, चेल्सी, म्यानचेस्टर सिटी) – १ सय ७७ गोल
एउटा मिडफिल्डर पनि कति गोल गर्न सफल हुन्छ भन्ने लाम्पार्डले प्रमाणित गरेका छन् । मिडफिल्डर लम्पार्ड अहिले पनि चेल्सीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले प्रिमियर लिगमा मात्र १ सय ७७ गोल गरेका छन् ।
उनी आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्येका ए क हुन् । इङ्ल्यान्डका पूर्व खेलाडी समेत रहेका लाम्पार्ड चेल्सीका मुख्य खेलाडी थिए । उनी सम्मिलित चेल्सीले ३ वटा प्रिमियर लिग, ४ वटा एफए कप तथा च्याम्पियन्स लिग र युरोपा लिग एक एक पटक जितेको थियो ।
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]