default_image

5 years ago

January 13, 2020

नेयमारको दुई गोल, पीएसजी बराबरीमा

128 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले दुई गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पीएसजीले मोनाकोसाग ३–३ गोलको बराबरी खेलेको हो ।

पार्क डि प्रिन्सेस स्टेडियमा नेयमारले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे ।

पहिलो हाफमा ५ गोल हुदा दोस्रो हाफमा एक गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै नेयमारको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो । साँतौ मिनेटमा गिल्सनले बराबरी गोल फर्काए ।

१३औं मिनेटमा विसाम विन यडरले गोल गरेपछि पीएसजी खेलमा २–१ ले पछि परेको थियो । २४औं मिनेटमा फोडे बालोले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–२ ले अघि बढाए । ७०औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीपछि पीएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको मार्सेली ४१ अंक जोडेर दोस्रो स्थानमा छ । मोनाको २९ अंक जोडेर आठौं स्थानमा छ ।

March 9, 2025

तिलोत्तमा गोल्डकपको अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.