default_image

5 years ago

January 13, 2020

बार्सिलोनाका सुआरेज ४ महिना मैदान बाहिर

102 views

0 Bookmark

एजेन्सी – उरुग्वे तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज ४ महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको  शल्यक्रियापछि सुआरेज ४ महिना मैदान बाहिर रहने पक्का भएको क्लबले उल्लेख गरेको छ । 

‘सुआरेजको दायाँ घुँडाको आइतबार सफल शल्यक्रिया गरिएको छ । सुआरेज सम्भवत ४ महिना मैदान बाहिर रहनेछन् ’ क्लबले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । सुआरेजले यो सिजन २३ खेलमा १४ गोल गरेका छन् । सुआरेज ४ महिना मैदान बाहिर रहने भएसँगै बार्सिलोनालाई थप समस्या हुने भएको छ ।

नियमित रुपमा पहिलो रोजाईमा खेल्दै आएका उनको अनुपस्थितिमा बार्सिलोनाको उपाधि यात्रामा धक्का लाग्नेछ । सुआरेजले साउदी अरेबियामा गत बिहीबार राति स्पेनिस सुपरकपको सेमिफाइनलमा पुरै समय मैदानमा बिताएका थिए । खेल बार्सिलोनाले ३–२ ले गुमाएको थियो ।

सोही खेलपछि नै बार्सिलोनाले सुआरेजको घुडाको शल्यक्रिया गर्नुपर्ने बताएको थियो । त्यसपछि शल्यक्रिया हुँदा उनी लामो समयका लागि मैदान बाहिर रहने भएका हुन् ।

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.