5 years ago
January 13, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको कीर्तिमानी ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई उसकै मैदानमा ६–१ को फराकिलो जित निकालेको हो । सिटीको फराकिलो जितमा सर्जियो अगुइरोले ह्याट्रिक तथा रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे । एस्टनका अनवर एल घाजीले एक गोल फर्काए ।
गोलको वर्षा भएको खेलको १८औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । २४औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनायो । २८औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई खेलमा ३–० ले अघ बढाए । त्यसपछि ४५ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमै सिटीले ४–० को आरामदायी अग्रता बनायो ।
दोस्रो हाफमा सिटीले थप दुई गोल गर्दा एक गोल खान पुग्यो । ५७औं मिनेटमा अगुइरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए । ८१औं मिनेटमा अगुइरोले ह्याट्रिक पुरा गर्दा सिटीलाई ६–० को अग्रता दिलाए ।
यससँगै अगुइरो प्रिमियर लिगमा सर्वाधिधक गोल गर्ने इंग्ल्यान्ड बाहिरका खेलाडी बने । एस्टनविरुद्ध ह्याट्रिक गोल गरेसँगै अग्युरोले प्रिमियर लिगमा आफ्नो गोल संख्या १ सय ७७ बनाए । अगुइरोले फ्रान्सका थिएरी हेनरीको १ सय ७५ गोलको कीर्तिमान तोडेका हुन् ।
प्रिमियर लिगमा अगुइरोको करियरको १२औं ह्याट्रिक हो । यससँगै अगुइइरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन् । यस अघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा एस्टनका घाजीले पेनाल्टीमा एक गोल फर्काएपनि सिटीले ६–१ को जित निकाल्यो ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै १४ अंकले पछि छ । लिभरपुलको ६१ अंक रहेको छ । एस्टन २१ अंकसहित १८औं स्थानमा छ ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]