5 years ago
January 13, 2020
एजेन्सी – सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्ट्सले इटालिन सिरी ‘ए’ मा जित निकाल्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ ।
युभेन्ट्सले रोमालाई उसकै मैदानमा २–१ को कठिन जित निकाल्दै इन्टर मिलानलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन सफल भएको हो । जितपछि युभेन्ट्सको १९ खेलबाट ४८ अंक पुगेको छ । समान खेलबाटै इन्टर मिलानको ४६ अंक छ । इन्टर शनिबार राति एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । रोमा ३५ अंकसहित पाँचौ स्थानमा यथावत छ ।
स्टेडियो ओलम्पिको रोमामा आइतबार राति भएको खेलमा युभेन्ट्सको जितमा मेरिह डेमिरल र रोनाल्डोले गोल गरे । घरेलु टोलीका डिएगो पेरोटीले सान्त्वना गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै मेरिह डेमिरलले गोल गर्दै युभेन्ट्सलाई शुरुवाती अग्रता दिलाएका थिए । पिजानिकको फ्रिकिकलाई मेरिह डेमिरले गोलमा परिणत गरेका थिए ।
१०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनायो । रोमाका जोर्डन भेरेटाउटले युभेन्ट्सका पाउलो डिबालालाई बक्समा लडाएपछि युभेन्ट्सको पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले कुनै गल्ती गरेनन् ।
१३औं मिनेटमा घरेलु टोली रोमाले गोल अन्तर कम गर्ने अवसर खेर फाल्यो । लोरेन्जो पेलिग्रेनीको प्रहार बाहिरियो । १८औं मिनेटमा पेलिग्रनीकै लो क्रसलाई युभेन्ट्सका गोलरक्षकले बचाएपनि रिवाउन्डमा रेबिओटले ब्लक गरिदिए । ३६औं मिनेटमा एलेक्सजेन्डर कोलारोभको प्रहार आकासियो । पहिलो हाफको शुरुमै दुई गोलको अग्रता लिएको युभेन्ट्सले उल्लेख्य मुभ बनाउन सकेन ।
६६औं मिनेटमा रोमाले अर्काे अवसर खेर फाल्यो । कोलारोभको क्रसलाई एलेक्स सान्द्रोले गोललाईनबाट क्लियर गरिदिए । त्यसमै भिएआरको सहायता लिदा एलेक्स सान्द्रोको ह्यान्ड देदिएपछि रोमाले पेनाल् टीको मौका पाएको थियो । जसलाई ६८औं मिनेटमा डिएगो पेरोटीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
७९औं मिनेटमा युभेन्ट्सका गोन्जलो हिगुआइनले गोल गरेपनि मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोमाले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हिगुआइन पुन चुके । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स २–१ ले विजयी हुन सफल भयो ।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]