5 years ago
January 12, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले बर्नलीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले बर्नलीमाथि ३–० को सानदार जित हात पारेको हो ।
चेल्सीको जितमा जर्गिन्हो, टम्मी अब्राहम र कलुम हड्सन ओडोइले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो । खेलको २७औं मिनेटमा नै जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । म्याथ्यु लोटनले विलियनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई जर्गिन्होले सदुपयोग गरे ।
३८औं मिनेटमा रिस जेम्सको पासमा टम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।
घरेलु मैदानमा चेल्सीले बर्नलीलाई लगातार दवावमा राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–० ले विजयी हुन सफल भयो । जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित बर्नली २४ अंकसहित १५औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटी घरेलु मैदानमै साउथह्याम्पटनसँग २–१ ले स्तब्ध बनेको छ । लेस्टरले घरेलु मैदानमा शुरुवाती अग्रता लिएर पनि पराजित हुन पुगेको हो ।
यससँगै साउथह्याम्पटनले पहिलो राउन्डमा भोगेको ९–० को फराकिलो हारको बदलासमेत लिन सफल भएको छ । लेस्टरले गत अक्टोवरमा भएको खेलमा लेस्टरलाई उसकै मैदानमा ९–० को हार चखाएको थियो ।
१४औं मिनेटमा डेनिस प्राइटले गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । १९औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए । ८१औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा २–१ ले अघि बढाए । ९०औं मिनेटमा जोनी इभान्सले गोल गरेपनि भिएआरको मान्यता नपाउदा पराजित हुन पुग्यो ।
प्रिमियर लिगमा लेस्टरको यो पाँचौ हार हो । हारपछि पनि लेस्टर २२ खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४४ अंक छ । लेस्टरलाई हराएको साउथह्याम्पटन २८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]