5 years ago
January 11, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन् । उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ ।
गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको एंकल नै भाँचिएको थियो । खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
लगत्तै उनलाई अस्पताल पु¥याइएको थियो । उनको एन्ट्री अस्पतालमा सफल शल्यक्रिया भएको थियो । शल्यक्रियापछि निरन्तर उपचारमा रहनुका साथै क्लबको मेडिकल स्टाफको सल्लाहमा युएसएम फिन्च फार्ममा रिह्याव गरेका थिए ।
एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीले २६ वर्षे गोमेजको राम्रो रिकभरी भइरहेको बताएका छन् । ‘यो हाम्रो लागि राम्रो समाचार हो । उनको राम्रो रिकभरी भइरहेको छ । उनले व्यक्तिगत रुपमा प्रशिक्षण शुरु गरिरहेका छन् । उनले अर्काे सातादेखि टिमसँगै प्रशिक्षण गर्न सक्नेछन् ।’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनले आफ्नो स्वास्थ्यमा राम्रो गर्दैछ । यो द्रुत गतिमा भइरहेको छ । त्यसैले हामील गोमेजलाई टिममा छिट्टै नै देख्न सक्नेछौं । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]