5 years ago
January 9, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे । एक गोल उपहार पाएको थियो । योहान कावायले सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो । फोफानाले डि मारियालाई फउल गर्न पुगेका थिए । इटिएन १० खेलाडीमा समेटिएको फाइदा पीएसजीले उठायो ।
३९औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा जेसी मौलिनले आत्मघाती गोल गरेपछि पीएसजी पहिलो हाफमा ४–० ले अघि बढेको थियो । ४९औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी खेलमा ५–० ले अघि बढ्यो । एम्बाप्पेकै पासमा इकार्डीले ५७औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–० को फराकिलो जिततर्फ अग्रसर गराए । ७१औं मिनेटमा योहान काबायीले गोल गरेपनि सेन्ट इटिएन ६–१ ले पराजित हुन पुग्यो ।
बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । यससँगै फ्रेन्च कपमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । प्रतियोगितामा पीएसजीसँगै स्टेड रेम्स, लियोन र लिल सेमिफाइनलमा पुग्न सफल भए । सेमिफाइनलको तालिका सार्वजनिक भएको छैन ।
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]