5 years ago
January 9, 2020
एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल फर्काए । खेलको शुरुवातदेखि नै भ्यालेन्सियालाई दवावमा राखेको रियालले १५औं मिनेटमा गोलको खाता खोलेको थियो ।
गोलरक्षक जोउमे डोमिनिच पोजिसनमा नरहँदा टोनी क्रुसको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहारलाई जोउमेले पञ्च गरेर बचाउने प्रयास गरेपनि सफल भएनन् ।
३९औं मिनेटमा इस्कोको गाल गर्दै रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । लुका मोड्रिचको प्रहारलाई डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा इस्कोको बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएको थियो ।
६५औं मिनेटमा लुका मोड्रिचले लुका जोभिकको पासमा गोल गर्दै रियाललाई सहज जिततर्फ अग्रसर गराए । मोड्रिच दुई डिफेन्डरको निगरानीम रहेपनि उनले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गाल निस्कन नसक्दा रियाल ३–१ ले विजयी हुन सफल भयो ।
दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच खेल हुनेछ । यो खेलमा विजयी हुने टोलीले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]