8 years ago
July 1, 2016
काठमाडौं(हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ(क्यान)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
उनले शुक्रबारनै ट्वीटरबाट आफूले पद त्याग गरेको घोषणा गरेकी हुन् । क्यानको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् ।
आईसीसीले यसअघि नै घिमिरेलाई नेपालमा संयोजनको भूमिका दिइसकेको छ । नेपालले डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आगामी महिना नेदरल्यान्डससंग दुई खेल खेल्ने कार्यक्रम रहेको छ।
हिजोमात्र आइसिसिको कार्यकारी बैठकले क्यानमाथिको निलम्बनलाई अनुमोदन गरेको छ।
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]
December 22, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र […]
December 22, 2024
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]