5 years ago
January 8, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर डर्वी भिडन्तमा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटीले पहिलो लेगमा सफलता हात पारेको हो ।
ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।
खेलको १७औं मिनेटमा केल वाल्करको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३३औं मिनेटमा बर्नार्डाे सिल्भाकै पासमा रियाद महारेजले गोल गर्दै अग्रत दोब्बर पारे । ३९औं मिनेटमा आन्द्रेस पेरेराले आत्मघाती गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो ।
७०औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी भयो ।
दोस्रो लेग सिटीको मैदानमा ३० जनवरीमा हुनेछ । यसैलाई निरन्तरता दिन सके सिटी फाइन्लमा प्रवेश गर्नेछ । युनाइटेडलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।
लेस्टर सिटी र एस्टन भिल्लाबीचको पहिलो लेगको अर्काे सेमिफाइनल खेल आज हुदैछ ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]