9 years ago
July 1, 2016
फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन।
दुबै टोलीमा स्टार खेलाडीहरुको बाक्लो उपस्थिति हुने भएकोले गर्दा पनि खेल निकै रोमाञ्चकारी हुने अनुमान लगाउन सकिन्छ । यो दोस्रो क्वाटर फाइनलमा चम्कन सक्ने केहि खेलाडी हरु यस प्रकार छन ।
ग्यारेथ बेल
रियाल म्याड्रीडका स्टार मात्र नभएर , बेल यस प्रतियोगिताका भरपर्दो मद्धे एक खेलाडी हुन । प्रतियोगितामा ३ गोल गरी सकेका बेललाई रोक्न बेल्जियमका डिफेण्डर हरुलाई हम्मे हम्मे पर्ने छ । उच्च गतिले डिफेन्डरलाई बिट गर्ने बेललाई फ्री-किकमा रोक्न गाह्रो हुने छ ।
एस्ली विलियम्स
वेल्सका कप्तान एस्ली विलियम्स चोटबाट फर्किने समाचार वेल्सका समर्थकहरुलाई खुसीको खबर हुनेछ । ३१ बर्षिय विलियम्स स्वान्सी सिटीका डिफेन्डर आफ्नो अनुभवलाई उपयोग गर्दै टोलीलाई सेमी फाइनलामा डोर्याउने प्रयास गर्ने छन ।
जो एलेन
वेल्स बाट २८ खेल खेली सकेका जो एलेन टोलिको मेरुदण्ड को रुपमा खेल्ने छन । मिड्फिल्डमा होल्डिङ रोल पाउन सक्ने एलेन पोसेसन राख्न र बल वितरण गर्ने भूमिकामा देखिन सक्ने छन । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने एलेन आफ्नो टोलीको लागि निकै महत्वपुर्ण खेलाडी हुन ।
इडेन हाजार्ड
चेल्सीमा अघिल्लो सिजनमा निकै खराब प्रदर्शन गरेर आलोचना बटुलेका हाजार्ड सिजनको अन्त्य तिर आफ्नो फर्ममा फर्केका थिए । त्यही फर्मलाई निरन्तरता दिदै कम्पनीको अनुपस्थितिमा कप्तानको भूमिका निर्वाह गरेका हाजार्ड वेल्स बिरुद्ध सक्रिय देखिने छन ।
केभिन डि ब्रुइन
२५ बर्षिय म्यान्चेस्टर सिटिका आक्रामक मिड्फिल्डर केभिन डि ब्रुइन सिटिबाट पहिलो सिजनमा आफ्नो प्रवाभ देखाउन सफल भए । गोल गर्ने र गोल सिर्जना गर्ने क्षमता राखेका डि ब्रुइन विरोधी टोलिका लागी खतरनाक साबित हुन सक्नेछन।
मिची बत्शुअयी
मार्सेलबाट चेल्सी आउने हल्लासंगै मिची मिडियामा छाउन सफल भएका छन । २२ बर्शिय मिचीले बेल्जियमबाट युरो कपको यस संस्करणमा १४ मिनेट मात्र खेल्दै १ गोल गरी सकेका छन । चेल्सीमा अनुबन्धको नजिक पुगेका ६ फिट अग्ला स्ट्राइकर ३३ मिलियन पाउण्ड योग्य रहेको या नरहेको कुरा आजको खेलले सङ्केत दिनेछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]