5 years ago
January 7, 2020
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको उच्च प्रदर्शन प्रेरित खेलम नेपोलीलाई पराजित गर्दै इन्टर मिलान पुनः शीर्षस्थानमा फर्किएको छ । इन्टरले नेपोलीलाई उसकै मैदानमा ३–१ को जित निकाल्दै युभेन्टसलाई पछि पार्दै शीर्षस्थानमा फर्किएको हो ।
इन्टरको १८ खेलबाट ४५ अंक पुगेको छ । समान ४५ अंक रहेपनि युभेन्टस गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । स्टेडियो सान पाउलो नेपोलीमा सोमबार राति भएको खेलमा इन्टर मिलानको जितमा रोमेलु लुकाकुले दुई तथा लोउटारो मार्टिनेजले एक गोल थपे । नेपोलीका एर्काडिअस मिलिकले एक गोल थपे । पहिलो हाफमा ३ तथा दोेस्रो हाफमा १ गोल सम्भव भएको थियो ।
खेलको १४औं मिनेटमा नै लुकाकुको गोलबाट इन्टर मिलान अघि बढेको थियो । ३३औं मिनेटमा लुकाकुले मार्सेलो ब्रोजोभिकको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई खेलमा २–० ले अघि बढाए । लुकाकु यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन् । उनले इन्टरमा उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । उनले इन्टरबाट १८ खेल खेल्दा १४ गोल गरिसकेका छन् ।
३९औं मिलिकले गोल गरेपछि पहिलो हाफमा इन्टरले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । ६२औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे । खेलमा अग्रता लिएसँगै दवावमा परेको मिलानले त्यसपछि अग्रता जोगाउदै ३–१ को जित निकाल्न सफल भयो ।
March 9, 2025
एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा अर्को जित हासिल गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे। एक गोल भने डार्विन नुनेजको नाममा रह्यो । पाहुना टोलीका लागि विलियम स्मलबोनको नाममा सान्त्वना गोल रह्यो । खेलमा सुरुवाती अग्रता […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]