5 years ago
January 6, 2020
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै इटालियन सिरी ए अन्तर्गत सोमबारको खेलमा युभेन्टसले काग्लियारीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।
निकै प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा युभेन्टसले अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भने घरेलु टोलीले ४ गोल गर्दै जित हासिल गर्यो । रोनाल्डोले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
रोनाल्डोले नै ६७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा रोनाल्डोको पासमा अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले गोल गर्दै ३-० ले अगाडी बढाए । लगत्तै रोनाल्डोले डग्लस कोस्टाको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
रोनाल्डोले पछिल्लो वर्षको लयलाई नयाँ वर्षमा पनि कायम राखेका छन् । उनले पछिल्लो ५ खेलमा ९ गोल गर्दै सिजनको सुरुवातमा कमजोर रहेको गोलसंख्या मजबुत बनाएका छन् ।
यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । युभेन्टसले १८ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टरको ४२ अंक छ । इन्टरले आज राति हुने खेलमा नेपोलीको सामना गर्नेछ । इन्टर जित हासिल गर्न नसकेमा युभेन्टस नै लिगको शीर्षस्थानमा कायम रहनेछ ।
यसगरी इटालियन लिगमा फर्किएका फरवार्ड ज्लाटन इब्रहिमोभिचको जादु भने पहिलो खेलमा चल्न सकेन । एसी मिलान घरेलु मैदानमा साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिँदा इब्राले गोल गर्न सकेनन् । उनी खेलको दोस्रो हाफमा क्रिस्टोफ पियातेकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
एसी मिलान अंक तालिकाको ११ औं स्थानमा रहेको छ । मिलानले १८ खेलमा २२ अंक मात्र जोडेको छ । मिलान युरोपेली प्रतियोगिता खेल्ने कम्तिमा छैटौं स्थानभन्दा ७ अंकले पछाडी छ ।
March 9, 2025
एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे । विलियमले […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]