5 years ago
January 7, 2020
एजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे ।
पछिल्लो दशकमा तीन फुटबल विश्वकप सम्पन्न भए । सन् २०१०, २०१४ र २०१८ को विश्वकप मात्रले पनि विश्व फुटबललाई धेरै यादगार क्षण छाडेर गयो । पछिल्लो दशक व्यक्तिगत प्रदर्शनको पक्षमा भने लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै वरपर घुमीरहयो । दुवै खेलाडीबीच निकै प्रतिस्पर्धा पनि भयो ।
पछिल्लो एक दशकको प्रदर्शनलाई आधार मान्दा विश्व फुटबलले पछिल्लो दशकमा देखेको शीर्ष १० फुटबल खेलाडी यसप्रकार छन् :
१०. लुइस सुआरेज
देश : उरुग्वे
पोजिसन : फरवार्ड
हालको क्लब : बार्सिलोना
सुआरेजले सन् २०११ मा डच लिगको उपाधि र त्यसवर्ष लिगको उत्कृष्ट खेलाडी उपाधि जितेपछि चर्चा बटुलेका थिए । लिभरपुलमा आएपछि आफ्नो खेललाई थप उचाई दिएका उनले विश्व कीर्तिमानी रकममा बार्सिलोना पुगे । उनले त्यहाँ पनि लगातार आफ्नो लय जारि राख्दै स्पेनिस लिगको सर्वाधिक गोलकर्ता समेत भए ।
९. ज्लाटन इब्राहिमोभिच
देश : स्विडेन
पोजिसन : फरवार्ड
हालको क्लब : एसी मिलान
इब्राहिमोभिचले पछिल्लो दशकमा सबै क्लबमा गरेर कुल ७ सय ५० खेल खेल्दै ४ सय ३६ गोल गरे । उनले यसक्रममा करिब ३० उपाधि जितेका छन् । उनले इटाली, स्पेन, फ्रान्स र इंग्ल्यान्ड सबै देशमा आफ्नो प्रभाव जमाउन सफल रहे । स्विडेनका सर्वाधिक सफल खेलाडीका रुपमा दरिएका उनले सात फरक क्लबबाट च्याम्पियन्स लिग खेलेका छन् । सन् २०१३ मा इंग्ल्यान्ड विरुद्ध उनले गरेको बाइसाइकल किक गोल सायदै कसैले बिर्सन सक्ला ।
८. टोनी क्रुस
देश : जर्मनी
पोजिसन : मिडफिल्डर
हालको क्लब : रियल म्याड्रिड
टोनी क्रुसले बायर लेभरकुसेनबाट सुरु गरेको सिनियर यात्रालाई बायर्न पुगेर उपाधिको सिलसिलामा बदले । जर्मन च्याम्पियनका लागि लामो समय खेल्दै च्याम्पियन्स लिग समेत जिताएका उनले रियललाई लगातार तीन उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । जर्मनीका लागि विश्वकप समेत जितेका क्रुसले मिडफिल्डरको भूमिका खेलमा कति प्रभावशाली हुन्छ भन्ने दिन प्रतिदिन देखाउँदै आएका छन् ।
७. सर्जियो अगुएरो
देश : अर्जेन्टिना
पोजिसन : फरवार्ड
हालको क्लब : म्यानचेस्टर सिटी
अगुएरोले दशकको सुरुवातमा एटलेटिको म्याड्रिडबाट खेल्दै चौतर्फी चर्चा बटुले । उनले २ सय ३४ खेलमा १ सय १ गोल गर्दै क्लबलाई युरोपा लिग र यूईएफए सुपर कप उपाधि दिलाए । त्यसपछि म्यानचेस्टर सिटी आएका उनले क्लबलाई पहिलो प्रिमियर लिग उपाधि दिलाउने क्रममा अन्तिम खेलको ९४ औं मिनेटमा गोल गर्दै विश्व फुटबलमै सनसनी मच्चाए । त्यसयता सिटीको सफलतामा लगातार निर्णायक भूमिका खेल्दै आएका अगुएरो विश्व फुटबलले पाएको प्रतिभावान फरवार्डमा पर्छन् ।
६. सर्जियो रामोस
देश : स्पेन
पोजिसन : डिफेन्डर
हालको क्लब : रियल म्याड्रिड
रामोसले रियल म्याड्रिड र स्पेनका लागि पछिल्लो दशक उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोलीको सफलतामा निर्णायक भूमिका खेले । विशेषगरी उनले सन् २०१३-१४ सिजनको च्याम्पियन्स लिग फाइनलमा ९३ औं मिनेटमा बराबरी गोल फर्काउँदै एटलेटिको म्याड्रिडको मुखैबाट उपाधि खोसेका थिए । उनले स्पेनलाई सन् २०१० को विश्वकप र २००८ र २०१२ को युरो दिलाउन पनि हरेक खेल खेलेका थिए । पछिल्लो समय रियलको कप्तान समेत रहेका उनले डिफेन्डरले खेलमा पार्ने प्रभावबारे विश्व फुटबलको नजर नै बदलेका छन् ।
५. नेयमार
देश : ब्राजिल
पोजिसन : फरवार्ड
हालको क्लब : पेरिस सेन्ट जर्मेन
ब्राजिलियन फरवार्ड नेयमारले युवा अवस्थामै सान्तोसलाई लगातार दुई उपाधि दिलाउँदा आफूलाई स्टार बनाइसकेका थिए । युरोपमा बार्सिलोना आएपछि प्रदर्शनसँगै उनको चर्चा पनि चुलिएको थियो । बार्सिलोनामा मेस्सी र सुआरेजसँग समझदारीले झनै सफलता हात पारेका उनी विश्व कीर्तिमानी रकममा पीएसजी पुगे । क्लब फुटबलमा त्यसपछि केहि सेलाएका उनले राष्ट्रको लागि भने अपेक्षित प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । यसका बाबजुद उनले जितेको १८ उपाधि र व्यक्तिगत रुपमा गरेको प्रदर्शन भने गएको दशकमा सधैं चर्चामै रहयो ।
४. जियानलुइजी बुफोन
देश : इटाली
पोजिसन : गोलरक्षक
हालको क्लब : युभेन्टस
हाल ४१ वर्षको उमेरमा पनि बुफोन इटालियन च्याम्पियन युभेन्टसको गोलरक्षकका रुपमा रहेका छन् । करीअरको अधिकांश समय यसै क्लब बिताएका उनले बीचमा पीएसजीका लागि पनि खेले । इटालीका लागि १ सय ७६ खेल खेलेका उनी विश्व फुटबलमा नै दिग्गजका रुपमा परिचित छन् । अझैपनि क्लब फुटबलमा लगातार सफलता हासिल गर्दै आएका उनले गोलरक्षक विधामा छुट्टै अध्याय लेखेका छन् ।
३. आन्द्रेस इनीएस्टा
देश : स्पेन
पोजिसन : मिडफिल्डर
हालको क्लब : भिसेल कोबे
करीअरको मुख्य पाटो बार्सिलोनासँग बिताएका इनीएस्टाले क्याटलान क्लबसँग रहेर ३३ उपाधि जिते । मैदानमा बलसँग शालीन देखिने उनको व्यक्तिगत स्वभाव पनि सोहिअनुसारको थियो । मिडफिल्डमा खेलेर खेलको नक्सा नै बदल्न सक्ने इनीएस्टाले स्पेनको राष्ट्रिय टोलीमा पनि बेग्लै प्रभाव जमाएका थिए । विश्व फुटबलकै सर्वाधिक सफलमध्यका मिडफिल्डर इनीएस्टाले करिअरको अन्त्यतिर बार्सिलोना छाडेर एसियाली लिग रोज्नुले पनि उनको चर्चा थप बढाएको थियो ।
२. क्रिस्टियानो रोनाल्डो
देश : पोर्चुगल
पोजिसन : फरवार्ड
हालको क्लब : युभेन्टस
रियल म्याड्रिडमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेर युभेन्टस आएका रोनाल्डोले क्लब फुटबलमा जित्न बाँकी सायदै कुनै उपाधि होला । च्याम्पियन्स लिगमा बेग्लै इतिहास बनाएका रोनाल्डोले आफ्नो करीअरमा २७ उपाधि जितेका छन् । ३४ वर्षको उमेरमा पनि रोनाल्डोको शारीरिक स्फूर्ति हेर्ने हो भने युवा खेलाडीको जस्तो रहेको छ । मैदानमा अझैपनि उनी युवा अवस्थाका खेलाडीझैं उत्रिन्छन् । पाँच ब्यालोन डी’ओर उपाधि जित्नुले पनि उनको सफलताको आँकलन गर्न सकिन्छ ।
१. लिओनेल मेस्सी
देश : अर्जेन्टिना
पोजिसन : फरवार्ड
क्लब : बार्सिलोना
पछिल्लो दशक लिओनेल मेस्सीले विश्व फुटबलमा कुल ६ ब्यालोन डी’ओर उपाधि जित्दै नयाँ अध्याय लेखे । करीअरको सुरुवातदेखि नै बार्सिलोनाको जर्सीमा रहेका उनले यसबीचमा ३२ उपाधि जिते । मेस्सीले आफू गोल गर्ने त छँदै छ आफ्ना सहकर्मीका लागि असिस्ट दिने कार्य पनि उत्तिकै गतिमा अगाडी बढाए । अन्तर्राष्ट्रिय फुटबलमा केहि कमजोर रहेकोमा अर्जेन्टिनी समर्थक रुष्ट हुनु स्वभाविक हो । तर मेस्सीले समग्र विश्व फुटबलमा भने लगातार उत्कृष्ट प्रदर्शन र सफलताका साथ बेग्लै स्थानमा उभ्याउन सफल भएका छन् ।
January 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ। अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो । सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा […]
January 15, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]