5 years ago
January 5, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा इस्पान्योलसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको बार्सिलोना इस्पान्योलसँग उसकै मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।
आरसीडीई स्टेडियममा शनिबार राति भएको खेलमा इस्पान्योलका डेभिड लोपेज र लिइ वुले गोल गरे । बार्सिलोनाका लुइस सुआरेजर र आर्टुरो भिडालले गोल गरे । खेलको २३औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । मार्क रोकाको फ्रिकिकलाई लोपेजले हेडमार्फत गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० ले पछि परेपछि बार्सिलोनाले दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा २–१ को अग्रता लिन सफल भएको थियो ।
५०औं मिनेटमा जोर्डी अल्वाको पासमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले अल्वाको पासलाई अफसाइड बिट ट्याप गर्दै वान टचमा गोल गर्न सफल भएका थिए । ५९औै मिनेटमा लुइस सुआरेजको क्रस पासमा भिडालले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए ।
७५औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । बार्सिलोनाका फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
त्यसको फाइदा इस्पान्योलले उठाउदै एक गोल थप्न सफल भयो । खेल सकिन दुई मिनेट बाँकी रहँदा माटियस भर्गासको पासमा लिइ वुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो ।
बराबरीपछि पनि बार्सिलोना ला लिगाको शीर्षस्थानमा यथावत रहेको छ । बार्सिलोनाको १९ खेलबाट ४० अंक रहेको छ । समान ४० अंक नै रहेपनि रियाल म्याड्रिड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । इस्पान्योल ११ अंक जोडेर रेलिगेसन जोनको पुछारमा रहेको छ ।
शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेभान्टेलाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा एन्जल कोरेरा र फिलिपेले गोल गरे । लेभान्टेका रोजरले एक गोल फर्काए । जितसँगै एट्लिटको ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लेभान्टो २६ अंकसहित नवौं स्थानमा छ ।
अर्काे खेलमा भ्यालेन्सियाले इवरलाई १–० ले पराजित गरेको छ । जितसँगै भ्यालेन्सिया ३१ अंक जोड्दै छैटौ स्थानमा उक्लदा इवर १९ अंकसहित १६औं स्थानमा रहेको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]