default_image

5 years ago

January 4, 2020

बार्सिलोनालाई चोटको समस्या

108 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने क्याटलान डर्बीमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दैछ । उक्त खेलमा बार्सिलोनाले चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाउने भएको छ ।

क्लबका नियमित गोलरक्षक मार्क आन्देर टेर स्टेगन घुंडाको चोटका कारण उपस्थित रहने छैनन् । उनी यसै साता साउदी अरेबियामा हुने स्पेनिस सुपरकपका लागि समेत उपलब्ध नहुने सम्भावना रहेको छ । बार्सिलोनाले सुपरकपको सेमिफाइनलमा एटलेटिको म्याड्रिडसँग खेल्दैछ । अर्को सेमिफाइनलमा रियल म्याड्रिड र भ्यालेन्सिया भिड्नेछन् ।

शनिबार एस्पान्योलविरुद्ध खेलका लागि भने बार्सिलोनाले १८ सदस्यीय टोली घोषणा गरिसेकेको छ । उक्त टोलीमा ब्राजिलियन मिडफिल्डर आर्थर पनि उपस्थित छैनन् । ग्रोइनको चोटका कारण आर्थर कम्तिमा तीन साता मैदानबाहिर रहने भएका छन् । फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेले पनि चोटका कारण विश्राममा छन् ।

युवा मिडफिल्डर अन्सु फाती टोलीमा समेटिएका छन् । पछिल्लो समय पूर्ण फिट नरहेका मिडफिल्डर आर्टुरो भिडालसँगै सुपरस्टार जोडी लिओनेल मेस्सी र लुइस सुआरेज पनि टोलीमा छन् । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडसँग २ अंकको अग्रता लिएको छ । रियलले आज नै लिगको खेलमा गेटाफेसँग खेल्दैछ ।

१८ सदस्यीय बार्सिलोना टोली :

नेल्सन सेमेडो, जेरार्ड पिके, इभान राकीटिच, सर्जियो बुस्केट्स, लुइस सुआरेज, लिओनेल मेस्सी, नेटो, क्लेमेन्ट लेङलेट, एन्टोइन ग्रिज्मन, जोर्डी अल्बा, सर्जी रोबर्टो, फ्रान्की डे जोङ, आर्टुरो भिडाल, स्यामुएल उम्टिटी, जुनिओर फिर्पो, इनाकी पेना, कार्लेस पेरेज, अन्सु फाती

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.