default_image

5 years ago

January 4, 2020

हाजार्डले सुपरकप पनि गुमाउने

81 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्डले यसै महिना साउदी अरेबियामा हुने नयाँ स्वरूपको स्पेनिस सुपरकप गुमाउने भएका छन् ।

यसै सिजन चेल्सीबाट रियल आएका हाजार्डले अपेक्षित सुरुवात गर्न सकेका छैनन् । ला लिगामा ८ खेल मात्र खेलेका उनले १ गोल मात्र गर्न सकेका छन् । च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध खेलमा चोट बोकेपछि उनी मैदानबाहिर रहँदै आएका छन् ।

रियलले लिगमा यो साता गेटाफेको सामना गर्दैछ । लगत्तै हुने स्पेनिस सुपरकपमा ४ टोलीको सहभागिता रहनेछ । जनवरी ८ देखि हुने प्रतियोगिता साउदी अरेबियामा हुँदैछ । रियलका प्रशिक्षक जिनेदिन जिदानले उक्त प्रतियोगिताका लागि हाजार्ड टोलीसँग नहुने पक्का गरेका छन् ।

‘ हाजार्ड सुपरकप खेल्ने टोलीमा छैनन् । उनी अहिले चोटमुक्त हुने प्रक्रियामा छन् । अहिले नै जोखिम उठाउने अवस्था छैन,’ जिदानले भने, ‘ सुपरकपपछि उनको अवस्था हेरेर टोलीमा बिस्तारै समेट्ने छौं । हरेक खेलाडीको महत्त्व छ र उनी हाम्रो लागि महत्त्वपूर्ण खेलाडी हुन् ।’

रियलले सुपरकपको सेमिफाइनल खेलमा भ्यालेन्सियाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा बार्सिलोना र एटलेटिको म्याड्रिडले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म रियलले १० पटक सुपरकप उपाधि जितिसकेको छ ।

ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाभन्दा २ अंकले पछाडी रहेको रियलले तेस्रो स्थानको सेभिल्लासँग २ अंकको अग्रता बनाएको छ । रियलले सुपरकपपछि सेभुल्ला, रियल भालाडोलिड र एटलेटिको म्याड्रिडसँग लगातार खेल्नेछ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.