default_image

5 years ago

January 4, 2020

कप्तान केन आठ साता मैदान बाहिर

83 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन आठ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन आठ साता मैदान बाहिर रहने भएको क्लबले पक्का गरेको छ । 

केनले नयाँ वर्षको दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट बोक्दै मैदानबाट बाहिरिए । केनको बिहीबारको प्रारम्भिक परीक्षणबाट तीन साता आराम गर्नुपर्ने उल्लेख गरिपनि शुक्रबार विस्तृत परीक्षणपछि उनी कम्तीमा पनि आठ साता बाहिर रहने पक्का भएको क्लबले उल्लेख गरेको छ ।

चोटसँगै केनले आठ साताको अवधिका च्याम्पियन्स लिगसँगै महत्वपुर्ण खेलहरु गुमाउनेछन् । केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटी, म्यानचेस्टर सिटी, चेल्सी, वाटफोर्ड र बर्नलीविरुद्धको खेल गुमाउन सक्नेछन् । १६ फ्रेब्रुअरीमा घरेलु मैदानमा हुने आरबी लेइपजिगसँगको पहिलो लेगको खेल गुमाउनेछन् । ११ मार्चमा हुने दोस्रो लेगको लागि तयार हुन सक्ने क्लबले जनाएको छ ।

केन आठ मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुन सक्नेछ । केनको विकल्पमा प्रशिक्षक मौउरिन्होलाई खेलाडी छनोटमा पनि समस्या हुन सक्नेछ ।

केनको विकल्पमा ह्युङ मिन सन, लुकास मौउरा र ट्रोए पारोटलाई प्रशिक्षक मौउरिन्होले विकल्पको रुपमा अघि सार्न सक्नेछन् । टोटेनहम लिगमा ३० अंक जोडेर छैंटौ स्थानमा रहेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.