default_image

5 years ago

January 3, 2020

१९ वर्षीय मिडफिल्डर कुलुसेभ्स्की युभेन्टसमा आबद्ध

93 views

0 Bookmark

एजेन्सी – स्विडेनका १९ वर्षीय मिडफिल्डर डेजान कुलुसेभ्स्कीलाई इटालियन च्याम्पियन युभेन्टसले ३५ मिलियन युरो तिरेर पार्माबाट अनुबन्ध गरेको छ ।

एटलान्टाबाट यसै सिजन लोनमा पार्मा पुगेका उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मिडफिल्डमा खेल्नका बाबजुद पनि उनले लिगमा ४ गोल गरिसकेका छन् । कुलुसेभ्स्कीले गतवर्ष मात्र स्विडेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

युभेन्टसले जनवरी ट्रान्सफर विन्डोमा दुई खेलाडीलाई बिदाइ गरिसकेको छ । गोलरक्षक माटिया पेरिन लोनमा जेनोआ पुगेका छन् भने फरवार्ड मारिओ मान्जुकिचले पनि क्लब छाडिसकेका छन् । प्रशिक्षक माउरिजियो सार्रीले कुलुसेभ्स्कीलाई भने अर्को सिजनको सुरुवातमा मात्र प्रयोग गर्न पाउनेछन् । उनले यस सिजन पार्माबाट नै खेल्नेछन् ।

यसपटक इटालियन सिरी ए मा इन्टर मिलान र युभेन्टसबीच लिग उपाधिका लागि निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । युभेन्टसले नर्वेली फरवार्ड एर्लीङ हालान्डलाई अनुबन्ध गर्न खोजेपनि सफल हुन सकेको थिएन । यसपटक भने कुलुसेभ्स्कीलाई सिजन अगावै अनुबन्ध गरेर अर्को सिजनका लागि युभेन्टस ढुक्क भएको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.