5 years ago
January 3, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिँदा सेफिल्ड युनाइटेडमाथि सहज जित निकालेको छ । स्टार फरवार्डद्वय मोहम्मद सलाह र साडियो मानेको गोलसँगै लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो ।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले २० खेल खेल्दा अपराजित रहन सफल रहेको छ । लिभरपुलले १९ जित र १ बराबरीको नजिता निकालेको छ । प्रिमियर लिगमा लिभरपुल लिगको नवौं चरणमा म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप बलियो बनाएको छ । लिभरपुलको २० खेलबाट ५८ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १४ अंक बढी हो ।
एनफिल्डमा खेलको चौथो मिनेटमा नै सलाहको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । सलाहले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । सेफिल्डलाई लगातार दवावमा राखेपनि दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
छैटौं मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको प्रहार बाहिरियो । १२औं मिनेटमा जोर्डन हेन्डरसनको प्रहारलाई गोलरक्षक डिन हेन्डरसनले बचाए । ३०औं मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको अर्काे प्रयास गोलरक्षककले विफल पारिदिए । ५७औं मिनेटमा रोवर्टाे फिर्मिनो गोल गर्नबाच चुक्यो ।
६१औं मिनेटमा सलाहको प्रहार पोस्टमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ६४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलाई २–० को सहज जित दिलाए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]