default_image

5 years ago

January 3, 2020

गोलरक्षक एलिसनलाई साम्बा डे’ओर उपाधि

87 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले सुपरस्टार फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोलाई पछि पार्दै युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडीले प्राप्त गर्ने साम्बा डे’ओर उपाधि जितेका छन् ।

लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप जिताउन एलिसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनको निर्णायक प्रदर्शन रहेको थियो । यस अवार्ड जित्ने एलिसन पहिलो गोलरक्षक हुन् ।

एलिसनले कुल मतको ३५.५४ प्रतिशत प्राप्त गर्दै शीर्षस्थान हासिल गरेका हुन् । दोस्रो स्थानका रोबर्टो फिर्मिनोले २३.४८ प्रतिशत मत प्राप्त गरे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भा तेस्रो तथा लिभरपुलकै मिडफिल्डर फाबिन्हो चौथी स्थानमा आए ।

हालसम्म तीन पटक यस उपाधि जितका फरवार्ड नेयमार भने पाँचौ स्थानमा थन्किए । उनले ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिका जित्दा समेत खेलेका थिएनन् । उनको पक्षमा जामा ७.५७ प्रतिशत मत परेको थियो ।

सन् २०१८ मा यस उपाधि फिर्मिनोले जितेका थिए । लिभरपुलबाट खेल्दै यस अवार्ड जित्ने एलिसन तेस्रा खेलाडी हुन् । सन् २०१६ मा फिलिपे कोउटिन्होले पनि यस अवार्ड जितेका थिए ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.