default_image

9 years ago

July 1, 2016

भर्टोङ्घन र भर्मालेन वेल्सविरुद्ध नखेल्ने

70 views

0 Bookmark

बेल्जियम र वेल्सबिच हुने क्वार्टरफाइनल खेलमा बेल्जियमका दुइ भरपर्दा डिफेन्डर उपस्थित नहुने पक्का भएको छ।

Vertonghen and Vermaelen

टोटेन्हम हट्स्परबाट व्यावसायिक फुटबल खेल्ने यान भर्टोङ्घन र बार्सिलोनाका थोमस भर्मालेन वेल्सविरुद्ध नखेल्ने जानकारी प्रशिक्षक मार्क विल्मंट्सले दिए। प्रशिक्षणका दौरान कुर्कुच्चामा चोट बोकेपछि भर्टोङ्घन अब युरोमा उपलब्ध नहुने पक्का भएको छ। उनि छ देखि आठ हप्तासम्म खेलमैदानबाट बाहिर रहने पनि प्रशिक्षक विल्मंट्सले जानकारी दिए।

उता दोहोरो पहेंलो कार्डका कारण यसअघीनै प्रतिबन्धित भएका भर्मालेन भने टोलीले जित हासिल गरेमा पोर्चुगल विरुद्ध हुने सेमिफाइनल खेलका लागि उपलब्ध हुनेछन्।

बेल्जियमले यी दुइ खेलाडीको स्थानमा म्यानचेस्टर सिटिका जेसन डीनाएर र रोमेलु लुकाकुका भाइ जोर्डन लुकाकुलाइ खेलाउने सम्भावना देखिएको छ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.