default_image

5 years ago

January 2, 2020

लेस्टर विजयी, टोटेनहमको हार

76 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा बुधबार राति न्यु क्यासल युनाइटेडमाथि सहज जित निकालेको छ । लेस्टरले न्यु क्यासलमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो ।

२०१५÷१६ को च्याम्पियन लेस्टर सिटीले यो सिजन २१ मध्ये १४ खेलमा जित निकालेको छ । ३ बराबरी र ४ हारको नतिजा छ । लेस्टरको जितमा एयोजी पेरेज, जेम्स म्याडिसन र हम्जा चौधरीले गोल गरे । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेको लेस्टरले खेको ३६औं मिनेटमा एयोजी पेरेजको गोलबाट खेलमा अग्रता बनाएको थियो । फ्लोरेन लिजुनेको ब्याक पासलाई चलाखीपुर्ण तरिका नियन्त्रणमा लिदै एयोजीले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्न सफल भए ।

३९औं मिनेटमा जेम्स म्याडिसननले एयोजी पेरेजको पासमा गोल गर्दै लेस्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।  ८७औं मिनेटमा वैकल्पिक खेलाडी हम्जा चौधरीले गोल गर्दै लेस्टरलाई ३–० को सहज जित दिलाए । हम्जा ७७औं मिनेटमा जेम्स म्याडिसनको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

जितसँगै लेस्टरले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । लेस्टरको २१ खेलबाट ४५ अंक रहेको छ । दुई खेल कम खेलेको लिभरपुलको ५५ अंक छ । पराजित न्यु क्यासल २५ अंकसहित १३औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम हस्टपर साउथह्याम्पटनसँग १–० ले पराजित भएको छ । ड्यानी इंग्सले खेलको १७औं मिनेटमा गरेको गोल नै साउथह्याम्पटनले टोटेनहमलाई पराजित गर्न पर्याप्त बन्यो । जितपछि साउथ ह्याम्पटन २५ अंकसहित १२औं स्थानमा उक्लदा टोटेनहम छैटौ स्थानमा यथावत छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.