5 years ago
January 2, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा पाँच खेलपछि जित निकाल्ने क्रममा बुधबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडमाथि २–० को जित निकालेको हो ।
१० डिसेम्वरमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को जित निकाले यता आर्सनलले प्रिमियर लिगमा जित निकाल्न सकेको थिएन । यसक्रममा आसर्नल म्यानचेस्टर सिटी र चेल्सीसँग पराजित हुदा एभर्टन र बर्नमाउथसँग बराबरीमा रोकिएको थियो ।
आर्सनलको जितमा निकोलस पेपे र सोक्राटिसले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४२औं मिनेटमा सोक्राटिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० ले अघि बढाए ।
पेपेको कर्नरमा लाकाजेटीले फ्लिक गरेको बललाई सोक्राटिसले जाली चुमाएका थिए । पहिलो हाफमा २–० ले पछि परेपछि युनाइटेडले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
जितपछि आर्सनल २१ खेलबाट २७ अंक जोडेर १०औं स्थानमा उक्लदा युनाइटेड समान खेलबाटै ३१ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । लिभरपुल १९ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा रहँदा ४५ अंक जोड्दै लेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । सिटी ४४ अंकसहित तेस्रो तथा ३६ अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]