5 years ago
January 1, 2020
एजेन्सी – खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । चेल्सी ब्राइटनसँग उसकै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
ब्राइटनको मैदान दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मरमा चेल्सील खेलको १०औं मिनेटमा कप्तान सेजर एज्पीलिक्वेटाले गोलबाट खेलमा अग्रता लिएको थियो । तर, चेल्सी अन्तिम ६ मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । ८४औं मिनेटमा अलिरेजा जहानबक्हसले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीले २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । २४ अंक जोडेको ब्राइटन १३औं स्थानमा रहेको छ ।अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई २–१ गोल अन्तरले हराएको छ । भिल्लालाई जित दिलाउन वेस्ली र ज्याकले गोल गरे । बर्नलीका क्रिस उडले एक गोल फर्काए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]