default_image

9 years ago

July 1, 2016

पोर्चुगल युरोको सेमिफाइनलमा

123 views

0 Bookmark

पोल्यान्डलाई पेनाल्टि सुटआउटमा ५-३को गोलअन्तरले हराउँदै पोर्चुगल जारी युरो २०१६को सेमिफाइनलमा पुग्ने पहिलो टोली भएको छ।

2000

खेलको निर्धारीत ९०मिनेट १-१ गोलको बराबरीमा सकिएको र थप ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकोपछि खेल सुटआउटतर्फ धकेलिएको थियो। सुटआउटमा पोल्यान्डका ज्याकुब ब्लाजिकोस्किको प्रहार मात्र गोलमा परिणत हुन सकेन।

खेलको दोश्रो मिनेटमा नै गोल गर्दै रोबर्ट लेवानडोस्कीले पोल्यान्डलाई अघि बढाएका थिए, तर रेनाटो स्यान्चेसले ३३औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए। त्यसपछि दुवै टोलीका आक्रमण गोलमा परिणत हुन सकेन।

सुटआउटमा पोर्चुगलका लागि क्रमश: क्रिस्टियानो रोनाल्डो, रेनाटो स्यान्चेस, जोआओ मोउटिन्ह्यो, नानी र रिकार्डो क्वारेज्माले गोल गरेका थिए। पोल्यान्डका सुरुका तिन पेनाल्टि छिरे पनि चौथो भने गोल हुन सकेन। रोबर्ट लेवान्डोस्कि, अर्कास्डियुज मिलिक र कामील गिल्कले पेनाल्टि छिराएका थिए।

पोर्चुगलले अब सेमिफाइनलमा आज हुने वेल्स र बेल्जियमविचको खेलको विजेतासंग खेल्नेछ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.