5 years ago
January 1, 2020
एजेन्सी – इंग्लिस क्लब लिभरपुल र स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस क्लब सेभिया तथा ब्राजिलियन डिफेन्डर डिएगो कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेका छन् । लिभरपुलले भर्जिल भान डाइकको पार्टनरको रुपमा तथा रियलले सर्जियो रामोसको विकल्पको रुपमा कार्लाेसलाई अनुबन्ध गर्ने प्रयास थालेको हो ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भर्जिल भान डाइकको स्थायी पार्टनरको रुपमा २६ वर्षे कार्लाेसलाई लामो समयको लागि ६५ मिलियन पाउन्ड खर्चन तयार भएको स्पेनिस सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जोए गोमिनेज, जोए मटिप र डिजन लभरेन निरन्तर चोटका कारण मैदान बाहिर रहेका छन् ।
भर्जिल भान डाइक २०१८ मा लिभरपुलमा आएयता सेन्टर ब्याकमा स्थायी पार्टनरको खोजीमा रहेको छ । सोही कारण प्रशिक्षक क्लोप र क्लबका स्पोर्टिङ डाइरेक्टर मिचेल इडवार्डबीच कार्लाेसको विषयमा सहमति भएको बुझिएको छ । कार्लाेस यसै समरमा फ्रेन्च लिग वान क्लब नान्टेसबाट १३.५ मिलियन पाउन्डमा सेभिया पुगेका थिए ।
सेभियामा उनले लगातार उच्च प्रदर्शन गरिरहेका कारण क्लोप कार्लाेससँग आकर्षित भएका हुन् । कार्लाेसले यो सिजन सेभियाबाट सबै खेलमा पुरा समय खेलेका छन् । सेभिया ला लिगामा तेस्रो स्थानमा रहेको छ । यस्तै स्पेनिस क्लब रियल मड्रिडले पनि कार्लाेसलाई कप्तान सर्जियो रामोसको विकल्पको रुपमा लामो समयको लागि अनुबन्ध गर्ने प्रयास थालिएको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]