5 years ago
January 1, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले आधुनिक फुटबलका स्टार फरवार्ड पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने प्रयास गरेको छ । उनको सम्झौता २०२१ सम्म रहेपनि युभेन्टसले रोनाल्डोसँगको सम्झौता अवधि अझै ३ वर्ष थप गर्ने तयारी थालेको हो ।
लामो समय स्पेनिस क्लब रियल मड्रिडमा रहेका रोनाल्डो २०१८ मा युभेन्टस पुगेका थिए । रियलका सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षे रोनाल्डोमा खेल्ने क्षमता अझै रहेको भन्दै क्लबले सम्झौता थप्ने तयारी गरेको हो ।
दुवईमा एक साताअघि दुवई ग्लोवो सकर अवार्ड जितेपछि उनका एजेन्ट जर्ज मेन्डिस र युभेन्टसका स्पोर्टिङ डाइरेक्टर पाराटिसीबीच सम्झौता नवीकरणको विषयमा छलफल भएको थियो ।
उनलाई ३० मिलियन पाउन्डमा ३ वर्ष सम्झौता थप्ने तयारी भइरहेको र यस विषयमा रोनाल्डोले पनि सकरात्मक रहने विश्वास लिइएको छ । क्लबका अध्यक्ष एन्ड्रिय एंगेली रोनाल्डोलाई छिटोभन्दा छिटो सम्झौता नवीकरण गर्ने प्रयासमा छन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]