default_image

5 years ago

December 31, 2019

रियलमा बेन्जेमाको सम्झौता नवीकरण

86 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना मुख्य फरवार्ड करिम बेन्जेमाको सम्झौता नवीकरण गरेका छन् । रियलले बेन्जेमाको सम्झौता १ वर्ष नवीकरण गरेको हो ।

यससँगै ३२ वर्षे फ्रेन्च फरवार्ड बेन्जेमा अब २०२२ सम्म रियलमा रहने छन् । यसअघि उनको सम्झौता २०२१ को अन्त्यसम्म रहेको थियो । बेन्जेमालाई यसै सिजन लन्डन क्लब आर्सनलले अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर, उनले जनवरी ट्रान्सफर अघि नै क्लबसँग थप १ वर्षको सम्झौता अवधि लम्ब्याएको हो ।

यो सिजन नै रियलमा बेन्जेमाको अन्तिम समय रहने बताउदै आएपनि उनको सम्झौता थप भएको हो । बेन्जेमा २००९ मा फ्रेन्च क्लब लियोनबाट रियलमा आएका थिए । मड्रिडमा उनी ५०० औं खेलको आँकडा नजिक छन् । उनले रियलका लागि २ सय ३८ गोल गरेका छन् ।

पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बेन्जेमा आफ्नो प्रदर्शनलाई सुधार गरिरहेका छन् । यो सिजन उनले २३ खेलमा १६ गोल गर्न सफल भएका छन् । मड्रिडमा रहँदा बेन्जेमाले १७ उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग, चार क्लब वल्ड कप, तीन युइएफए सुपर कप, दुई स्पेनिस ला लिगा, दुई कोपा डेल रे र दुई स्पेनिस सुपर कप जितेका छन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.