5 years ago
December 30, 2019
एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डि ओर, फिफाको द बेस्ट वा युरोपको वर्षको उत्कृष्ट खेलाडी अवार्ड कुनै जितेनन् । तर, वर्षको अन्त्यमा आइपुग्दा उनी खाली हात भने भएनन् । दुबईमा आइतबार आयोजित कार्यक्रममा उनी दुबई ग्लोभ सकरमा वर्षका उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
‘मेरो परिवारलाई , प्रेमिकालाई , बच्चाहरु, मेरा साथीहरु, क्लब र राष्ट्रिय टोलीका साथीहरु, मेरो एजेन्ट र मलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु,’ अवार्ड जितेपछि रोनाल्डोले भने,’ अरबिक समुदायलाई पनि धन्यवाद दिन चाहछु । म यहाँ हरेक वर्ष आउछु र मलाई यो ठाँउ मन पर्छ ।
उनले अवार्डका लागि आफुलाई भोट गर्नेप्रति पनि आभार व्यक्त गरे । ‘यो अवार्ड प्राप्त गर्नु मेरो लागि गौरवको विषय हो,’ उनले भने, ‘आशा छ, अर्को वर्षपनि यो अवार्ड जित्नेछु । सबैलाई धन्यवाद र नयाँ वर्षको शुभकामना ।’ बालोन डि ओरमा उनी तेस्रो स्थानमा रहे । बालोन डि ओर लियोन मेस्सीले जितका थिए ।
यो वर्ष युभेन्ट्सबाट सिरिए जितेका रोनाल्डोले देशका लागि युईएफए नेसन्स लिग जितेका थिए । युभेन्ट्सका लागि गत सिजन २८ गोल गरेका रोनाल्डोले यो सिजन पनि २१ खेलमा १२ गोल गरिसकेका छन् ।
एट्लेटिको म्याड्रिड एवंम् पोर्चुगलका जाओ फिलिक्स उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मनित हुँदा लिभरपुलका योर्गन क्लोप उत्कृष्ट प्रशिक्षक चुनिए । लुसी ब्राउन्ज बर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]