5 years ago
December 30, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको हो ।
सिटीको जितमा सर्जियो अगुइरो र केभिन डि ब्रुयनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले सेफिल्डलाई दवावमा राखेपनि सिटीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
खेलको १७औं मिनेटमा सिटीका रियाद महारेजको प्रहार सेफिल्डको डिफेन्डरले ब्लक गरिदिएका थिए । २५औं मिनेटमा सेफिल्डका कलुम रोविन्सन र मोउसेटको सेट पिसमा मोउसेटको प्रहार फर्नाडिन्होले ब्लक गरिदिएका थिए । लगत्तै ओलिभर नुरवुडको प्रहार क्रसबारबाट बाहिरिदा सेफिल्ड अग्रता लिनबाच चुकेको थियो ।
२९औं मिनेटमा लेस मोउसेटलले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । पहिलो हाफमा केही दवाव झेलेपनि सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित दुई गोल गर्न सफल भयो । ५२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा सर्जियो अगुइरोको गोलसँगै सिटी खेलमा अघि बढेको थियो ।
७०औं मिनेटमा सिटीले पेनाल्टी अपिल गरेपनि रेफ्रीलाई त्यसलाई इन्कार गरिदिए । ७५औं मिनेटमा ब्रुयनको प्रहार आकासियो । ७८औं मिनेटमा सेफिल्डका मोउसेटले बराबरीको सुन्दर मौका खेर फाल्यो । ८२औं मिनेटमा ब्रुयनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४१ अंक जोडेको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अंकले तथा दोस्रो स्थानको लेस्टर सिटीसँग १ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको १९ खेलबाट ५५ अंक छ । २० खेलबाट लेस्टरको ४२ अंक रहेको छ । सेफिल्ड २९ अंक जोडेर आठौं स्थानमा यथावत छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]