default_image

5 years ago

December 30, 2019

अपराजित लिभरपुलको १३ अंकको स्पष्ट अग्रता

87 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साविक उपविजेता मर्सिसाइड क्लब लिभरपुलले १३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । आइतबार राति वल्भ्सलाई १–० ले पराजत गर्दै अपराजित रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको हो । 

शीर्षस्थानमा रहेको लिभरपुलको १९ खेलबाट ५५ अंक पुगेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंक बढी हो । २० खेलबाट लेस्टरको ४२ अंक रहेको छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ । प्रिमियर लिगमा लिभरपुल अपराजित एक्लो टोली हो ।

१३अंकको स्पष्ट अग्रता लिएसँगै लिभरपुलले उपाधि यात्रालाई थप मजवुत बनाएको छ । लिभरपुलले १९ मध्ये १८ मा जित र १ बराबरी खेलेको छ । लिभरपुल म्यानचेस्टर युनाइटेडसँग मात्रै बराबरीमा रोकिएको छ ।

एनफिल्डमा लिभरपुलको झिनो जितमा साडियो मानेले पहिलो हाफमा गरेको विवादास्पद गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा एडम लालनाको पासमा गोल गरेका थिए । उनको गोलले शुरुमा मान्यता नपाएपनि भिएआरको सहायतामा गोलले मान्यता पाउदा लिभरपुलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो ।

लालनाले बललाई नियन्त्रण लिने क्रममा ह्यान्ड भएको भन्दै रेफ्रीले भिएआरको सहायता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा वल्भ्सले बराबरी गोल फर्काएपनि भिएआरको सहायतामा मान्यता पाएन । लगातार दुई कर्नरमा पेड्रो नेटोले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

दोस्रो हाफमा दुवै टोली पाएको केही मौकालाई सदुपयोग गर्न नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो । हारसँगै वल्भ्स २० खेलबाट ३० अंक जोडेर सातौ स्थानमा यथावत छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.