default_image

5 years ago

December 30, 2019

फोर्लानको बिदाइ खेलमा सुआरेज गोलरक्षक

123 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लाने खेलाडीका रुपमा अन्तिम खेल खेलेका छन् । आफ्नै देशमा केहि पूर्व फुटबल स्टारहरुसँग खेल्दै फोर्लानले फुटबलबाट औपचारिक रुपमा विदाई लिएका छन् । एट्लेटिको म्याड्रिडका पूर्व स्टार समेत रहेका फोर्लानको भावपूर्ण विदाईमा विश्व फुटबल पूर्व स्टारहरु हुवान रोमान रिक्विल्मी र हुवान सेबास्टियन भेर्नोनले पनि मैदानमा उत्रेर साथ दिएका थिए ।

उनका देशका फरवार्ड लुइस सुआरेज पनि उक्त खेलमा सहभागी थिए । बार्सिलोना र लिभरपुलका लागि फरवार्डका भूमिका निर्वाह गरेका स्वारेज त्यो खेलमा भने फरक भूमिकामा देखिए । उनले गोलरक्षकको जिम्मेवारी सम्हालेका थिए । स्पेनिस गल्फर सर्जियो गार्सियाले पनि मैदान उर्तेर फोर्लानको विदाईलाई यादगार बनाएका थिए । इन्टर मिलानमा फोर्लानसँग लामो समय सहकार्य गरेका जेभियर जानिटिक पनि उक्त खेलमा डिएगो मिलेटो, स्टेबन काम्बियासो पनि मैदानमा उत्रेका थिए ।

फोर्लानको विपक्षी टोलीबाट उरुग्वेका पूर्व खेलाडी सेबास्टियन एब्रियू, पूर्व कप्तान डिएगो लुगानो पनि मैदानमा उत्रेका थिए । फोर्लानले भने आफ्ना नजिकका साथी र पूर्व सहकर्मीलाई आफ्नो टोलीमा समेटेका थिए । उनको विदाईमा आयोजित विदाई र सांगितिक कार्यक्रअघि उनले विदाईलाई यादगार बनाउने क्रममा गोल पनि गरेका थिए ।

४० वर्षे फरवार्ड अब नयाँ भूमिकाको तयारीमा रहेका छन् । अब उनी उरुग्वेको टोली पेनारोलको प्रशिक्षकका रुपमा फुटबलमा फर्कनेछन् । मोन्टेभिडियोको टोलीबाट उनले युवा खेलाडीका रुपमा खेल जीवन अघि बढाएका थिए । त्यसपछि उनले सन् २०१५-१६ मा सोही क्लबका फर्केका थिए । अब त्यहि टोलीलाई प्रशिक्षण गर्ने मौका पाउनुलाई उनले सपना पुरा भएका रुपमा ब्याख्या गरेका छन् ।

‘खेलाडी रुपमा आफुले खेल जीवन सुरु गरेको पेनारोलाई अहिले प्रशिक्षकका रुपमा फर्कन पाउनु मेरो लागि सपना पुरा भए बराबर हो,’ उनले भने, ‘मैले यहाँ खेलेको मात्र होइन, यसलाई नजिकबाट महसुस गरेको छु । विश्लेषण गरेको छु र सबै देखेको छु ।’२१ वर्षे खेल जीवन उनको उत्कृष्ट रह्यो । उनले खेल जीवनमा थ्रुपै उपाधि जिते । युनाइटेडका लागि प्रिमियर लिग र एफए कप जित्नु अघि उनले एट्लेटिकोबाट युरोपा लिग र सुपर कप जितेका थिए ।

२०११ मा उरुग्वेका लागि कोपा अमेरिका जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपमा सर्वाधिक गोल गरेका थिए । जहाँ उनको टोली सेमिफाइन पुगेको थियो ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.