default_image

5 years ago

December 29, 2019

हालान्ड बोरुसिया डर्टमुन्डमा अनुबन्धित!

86 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा पछिल्लो समय निकै चर्चामा रहेका युवा फरवार्ड एर्लीङ हालान्ड अन्तत: जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने पक्का भएको छ ।

डर्टमुन्डले आइतबार आफ्नो सामाजिक संजालमा तस्बिर राख्दै नर्वेली फरवार्ड हालान्ड क्लबमा अनुबन्धित भएको जनाएको छ । उनले क्लबसँग सन् २०२४ सम्म सम्झौता गरेका छन् । यससँगै युरोपका अन्य ठूला क्लबहरुले उनलाई भित्र्याउन गरेको प्रयास असफल भएको छ । इटालियन च्याम्पियन युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर विन्डोमा हालान्डलाई प्राथमिकतामा राख्ने संकेत दिएका थिए ।

अस्ट्रियाको साल्जबर्गबाट खेल्दै आएका १९ वर्षीय फरवार्डका लागि डर्टमुन्डले उनको सम्झौतामा रहेको रिलिज क्लजको १८ मिलियन पाउण्ड तिरेको छ । उनले अब बोरुसियामा प्रति साता १ लाख ३० हजार पाउण्ड कमाउने छन् । बोरुसियामा रहेका अन्य सिनियर खेलाडीको तुलनामा पनि यो निकै महँगो रकम हो । उनको ट्रान्सफरसँगै एजेन्ट मिनो रायोलाले पनि मोटो रकम प्राप्त गरेको बुझिएको छ ।

हालान्डले यस सिजन २२ खेलमा २८ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगमा मात्र ८ गोल गरेका छन् । उनी च्याम्पियन्स लिगको सुरुवाती ५ खेलमा गोल गर्ने पहिलो टिनएज खेलाडी समेत बनेका छन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.