default_image

5 years ago

December 29, 2019

लेस्टर विजयी, टोटेनहम रोकियो

91 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दा टोटेनहम हस्टपर नर्विच सिटीसँग बराबरीमा रोकिएको छ । लेस्टरले वेस्ट ह्याममाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो । 

लन्ड स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा लेस्टरको जितमा केलिची इहिनचो र देमाराई ग्रेले गोल गरे । घरेलु टोलीका पाब्लो फोर्नल्सले एक गोल फर्काए । खेलको १२औं मिनेटमा लेस्टरका देराराई ग्रे पेनाल्टीमा चुक्दा लेस्टरले खेलमा अग्रता लिनबाट चुकेको थियो । केलिचीलाई वेस्ट ह्यामका गोलरक्षक लुकास फावियन्स्कीले बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा देराराईले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फावियन्स्कीले बचाए । ४०औं मिनेटमा केलिचीले एयोजी पेरेजको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।

४५औं मिनेटमा घरेलु टोलीका पाब्लो फोर्नल्सले बराबरी गोल फर्काए । ५६औं मिनेटमा देराराईले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टर २–१ ले विजयी हुन सफल भयो । जितसँगै लेस्टरले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउदा तेस्रो स्थानमो म्यानचेस्टर सिटीलाई ४ अंकले पछि पारेको छ । लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ । जुन शीर्षस्थानको लिभरपुलको भन्दा १० अंक कम हो ।

वेस्ट ह्याम १९ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ । लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा तथा लेस्टर सिटी ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ३८ अंकसहित तेस्रो तथा चेल्सी ३२ अंक जोडेर शीर्ष चारमा अटाएका छन् ।

अर्काे खेलमा टोटेनहमले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । टोटेनहमले खेलमा दुई पटक पछि परेपनि खेललाई बराबरीमा ल्याउन सफल भएको हो । नर्विचका मारियो भ्रानिकले गोल गरे । एक गोल उपहार पाएको थियो । टोटेनहमका क्रिस्टियन इरिक्सन र ह्यारी केनले गोल गरे । । नर्विचका टिमु पुक्कीले गोल गरेपनि भिएआरले मान्यता दिएन । बराबरीसँगै टोटेनम २० खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नर्विच १३ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा

न्यु क्यासलविरुद्ध एभर्टन (१–)

साउथह्याम्पटनविरुद्ध क्रिस्टल प्यालेस (१–१)

वाटफोर्डविरुद्ध एस्टन भिल्ला (३–०)

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.