default_image

5 years ago

December 29, 2019

मार्सियल र रासफोर्डको गोलमा युनाइटेड विजयी

72 views

0 Bookmark

एजेन्सी – एन्थोनी मार्सियसल र मार्कुस रासफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–१ ले हराएको हो । 

टर्फ मोर बर्नलीमा शनिबार राति भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल सम्भव भएको थियो । खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नु परेको थियो । ४४औं मिनेटमा एन्ड्रियस पेरेराको पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसअघि १३औं मिनेटमा रासफोर्डको प्रहार बर्नलीका गोलरक्षक निक पोपेले बचाएका थिए । ३४औं मिनेटमा ड्यानियल जेम्सको प्रहारलाई बर्नलीका डिफेन्डर जेम्स तारवस्कीले ब्लक गरिदिए । ५५औं मिनेटमा मार्सियलले युनाइटेडको अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । ६९आं मिनेटमा बर्नलीले बराबरीको सुन्दर मौका खेर फाल्यो । फिल बार्ड्सलेको प्रहार गोलरक्षक डेभिड हे गेयाले पञ्च गर्दै बताए ।

७६औं मिनेटमा गुडमुडसनको प्रहार क्रसबारबाट थोरै बाहिरिदा बर्नलीले अर्काे बराबरीको मौका खेर फाल्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

जितसँगै युनाइटेड २० खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बर्नली २४ अंकसहित १३औं स्थानमा छ । लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा तथा लेस्टर सिटी ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ३८ अंकसहति तेस्रो तथा चेल्सी ३२ अंक जोडेर शीर्ष चारमा अटाएका छन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.