default_image

9 years ago

June 30, 2016

रोनाल्डो र लेवान्डोस्किलाई साख बचाउने अवसर

79 views

0 Bookmark

फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वार्टरफाइनल चरणको पहिलो खेलमा पोर्चुगल र पोल्यान्ड भिड्दै छन्।

PARIS, FRANCE - JUNE 18:  Cristiano Ronaldo of Portugal looks on during the UEFA EURO 2016 Group F match between Portugal and Austria at Parc des Princes on June 18, 2016 in Paris, France.  (Photo by Matthias Hangst/Getty Images)

नेपाली समयानुसार राती १२:४५ बजे हुने खेलमा दुवै टोली सेमिफाइनलमा स्थान बनाउन आतुर त छन् नै, त्यसैमाथि दुवै टोलीका फरवार्ड एवं उत्कृष्ट दुई खेलाडी आफ्नो साख बचाउने लडाईंमा उत्रदैं छन्।

बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै गत सिजन बुन्डेसलिगाको उच्च गोलकर्ता रहि विभिन्न इतिहास रचेका रोबर्ट लेवान्डोस्किका लागि जारी प्रतियोगिता बिर्सनलायक रहेको छ। पोल्यान्डले खेलेको चारै खेलमा सहभागिता जनाएका उनले कुनै गोल गर्न सकेका छैनन् र प्रदर्शन पनि खासै सन्तोषजनक रहेको छैन। राष्ट्रकै अहिलेसम्मकै उत्कृष्ट खेलाडीको रुपमा हेरिदैं आएका रोबर्ट यस महत्त्वपुर्ण खेलमा राम्रो प्रदर्शन गर्दै लयमा फर्कन चाहन्छन्।
उता चौथो पटक बेलोन डि’ओरको उपाधि जित्ने लक्ष्य लिएर प्रतियोगितामा होमिएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको पनि प्रदर्शन आशातित रहेको छैन। चार खेलमा दुइ गोल गरेका रोनाल्डोले दुवै गोल हंगेरि विरुद्धको ३-३ बराबरीको खेलमा गरेका थिए। हालसम्म एकमात्र जित हासिल गर्न सकेको पोर्चुगलका लागि रोनाल्डोले राम्रो प्रदर्शन गर्नुपर्ने दवाव रहेको छ।
दुवै टोलीले प्रि-क्वार्टरफाइनलका खेलमा झिनो अन्तरले जित हात पारेका थिए। पोल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टिमा हराएको थियो भने पोर्चुगलले क्वारेज्माको ११७औं मिनेटको गोलको मद्दतले क्रोएसियालाई पाखा लगाएको थियो। पोल्यान्डको १-१ बराबरीमा ज्याकुब ब्लाजिकोस्किले गोल गरेका थिए भने स्विस टोलीका लागि जर्डान साकिरिले सम्भवत: युरो इतिहासकै सर्वोत्कृष्ट गोल गर्दै खेललाई टाइब्रेकरतर्फ धकेलेका थिए।
आजको खेलको विजेताले सेमिफाइनलमा वेल्स र बेल्जिएमबिचको क्वार्टरफाइनल खेलको विजेतासंग खेल्नेछ

March 22, 2025

विश्व कप छनोट – इंग्ल्यान्डको जित

एजेन्सी – फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले शुक्रवार अल्वानियालाई हराएको छ। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे । खेलको २०औं मिनेटमा नै जुड बेलिङ्घमले दिलाएको पासमा मायल्सले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा […]

March 22, 2025

पिएसजीविरुद्ध साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ। घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो।‌ स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् । २२ […]

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

Success

Thank you for your time.