5 years ago
December 29, 2019
एजेन्सी – स्पेनिस महारथी रियल मड्रिडले स्पेन तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर फावियन रुइजलाई अनुबन्धको प्रयास गर्ने भएको छ । रियलले यो विन्टर या अर्काे समरमा पहिलो लक्ष्यमा राख्दै अनुबन्ध गर्ने प्रयास गर्ने भएको हो ।
रियलले यसै समर सिजनमा फावियनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि फावियनले नेपोलीमा रहने निर्णय गरेपछि रियल फावियनलाई अनुबन्ध गर्नबाट पछि हटेको थियो । तर, दुई साता अघि मात्रै प्रशिक्षक कार्लाे एन्सेलोटी बर्खास्तीमा परेसँगै रुइजले क्लब छाड्ने मनसाय बनाए । रियलले २३ वर्षे मिडफिल्डर फाबियन रुइजलाई अनुबन्ध गर्ने नम्वर एक लक्ष्यमा राखेको हो ।
रुइज २०१८ मा बेटिसबाट नेपोली पुग्नुअघि अन्य क्लबहरुको नजरमा परेका थिए । १३ पटकको च्याम्पियन्स लिग विजेता रियलले समर सिजनमा अनुबन्ध गर्ने प्रयास गर्दा नेपोलीका अध्यक्ष ओरेलियो डि लौरेन्टीइसले रुइजको मुल्य १५० मिलियन पाउन्ड तोके । तर, रियलले रुइजलाई यति मुल्य खर्चिन तयार भएन ।
एएसका अनुसार, फावियन रुइज रियलको नम्वर एक लक्ष्य हो । प्रशिक्षक जिनेदिन जिदानले रियलको मिडफिल्डलाई थप बलियो बनाउने प्रयास गरिरहेका छन् । जनवरीमा रुइज पहिलो लक्ष्य हो । २३ वर्षे रुइज स्पेन फर्कने मनासयमा छन् । जसलाई जनवरीमा रियलले पहिलो लक्ष्य बनाएको छ ।
नेपोलीका अध्यक्ष ओरेलियो रुइजलाई क्लबमै राख्न चाहन्छन् । तर, उचित मुल्य पाएको अवस्थामा सम्झौता गर्न सक्छन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]