default_image

5 years ago

December 27, 2019

मार्सियलको दुई गोलमा युनाइटेडको सानदार जित

89 views

0 Bookmark

एजेन्सी – एन्थोनी मार्सियलको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासल युनाइटेडमाथि सानदा जित निकालेको छ । ओल्ड ट्राफोर्डमा युनाइटेडले न्यु क्यासलमाथि ४–१ को सानदार जित निकालेको हो ।

युनाइटेडको जितमा मासन ग्रीनवुड र मार्कुस रासफोर्डले समान १–१ गोल गरे । न्यु क्यासलका म्याथ्यु लङस्टाफले सान्त्वना गोल गरे ।
खेलको १७औं मिनेटमा म्याथ्यु लङस्टाफको गोलबाट न्यु क्यासलले युनाइटेडविरुद्ध खेलमा अग्रता बनाएको थियो । तर, न्यु क्यासलको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा एन्थोनी मार्सियलले आन्द्रियस पेरेराको पासमा बराबरी गोल फर्काए ।

३६औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ४१औं मिनेटमा मार्कुस रासफोर्डले आरोन वान विशाखाको पासमा गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ३–१ को आरामदायी अग्रता लिन सफल भयो ।

५१औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । त्यसपछि पनि दुवै टोलीले गोलको केही अवसर खेर फाल्दा युनाइटेड ४–१ ले विजयी हुन सफल भयो ।

जितसँग युनाइटेड १९ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । न्यु क्यासल २५ अंक जोडेर १०औं स्थनमा छ । अपराजित रहेको लिभरपुलले १८ खेलबाट ५२ अंक जोड्लै शीर्षस्थानमा बलियो पकड बनाएको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले बढी हो । लेस्टरको १९ खेलबाट ३९ अंक छ । सिटीको १८ खेलबाटै ३८ अंक छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.