5 years ago
December 27, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु मैदानमै साउथह्याम्टनसँग २–० ले स्तब्ध बनेको हो ।
यससँगै चेल्सी प्रिमियर लिगमा घरेलु मैदानमा पछिल्लो ४ मध्ये ३ खेलमा पराजित भएको छ । घरेलु मैदानमा चेल्सी वेस्टह्यामसँग १–० र बर्नमाउथसँगपनि १–० ले नै पराजित भएको थियो । एस्टन भिल्लामाथि २–१ को जित निकाल्न सफल भएको थियो ।
स्टामफोर्ड ब्रिजमा चेल्सीलाई स्तब्ध बनाउन मिचेल ओवाफेमी र नाथन रेडमन्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल सम्भव भएको थियो । साउथह्याम्टनलाई दवावमा राखेपनि चेल्सीले साउथह्याम्पटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा स्तब्ध हुन पुग्यो ।
३१औं मिनेटमा मिचेल ओवाफेमीले पिएरे इमाइल होब्जजर्जको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ७३औं मिनेटमा नाथनले गोल गर्दै चेल्सीलाई २–० ले स्तब्ध पारे । हारपछि चेल्सी ३२ अंकसहित चौथो स्थानमा यथावत रहँदा साउथह्याम्टन २१ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ ।
अपराजित रहेको लिभरपुलले १८ खेलबाट ५२ अंक जोड्लै शीर्षस्थानमा बलियो पकड बनाएको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले बढी हो । लेस्टरको १९ खेलबाट ३९ अंक छ । सिटीको १८ खेलबाटै ३८ अंक छ ।
प्रिमियर लिगकै अर्काे खेलमा सेफिल्ड युनाइटेड र वाटफोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । सेफिल्ड २९ अंकसहित छैटौ स्थानमा रहँदा वाटफेर्ड रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]