5 years ago
December 27, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड रोवर्टाे फिर्मिनोको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुललले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो ।
किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा लिभरपुलले १ गोल मात्र गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । खेलको ३१औं मिनेटमा अर्नाेल्डको पासमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा लिभरपुलले सानदार प्रदर्शन गर्दा लेस्टर सिटी निरिह बन्न पुगेको थियो । लिभरपुलले दोस्रो हाफा ८ मिनेटको अन्तरमा ३ गोल गर्दै फराकिलो जित निकाल्न सफल भएको थियो । ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । कार्लर सोयन्कुले सिक्स यार्ड बक्समा भर्जिल भान डाइकलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिल्नर चुकेनन् ।
अर्नाेल्डकै पासमा ७४औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुललार्य खेलमा ३–० ले अघि बढाए । ७८औं मिनेटमा दुई गोलको लागि असिस्ट दिइसकेका अर्नाेल्डलेसाडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए । यो सिजन उच्च प्रदर्शन गरिरहेका लेस्टरले बिहीबार राति घरेलु मैदानमा लिभरपुलविरुद्ध कुनै पनि समयमा उल्लेख्य आक्रमण बुन्न सकेन ।
जितसँगै लिभपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । अपराजित रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक पुगेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले बढी हो । लेस्टरको १९ खेलबाट ३९ अंक छ । सिटीको १८ खेलबाटै ३८ अंक छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]