default_image

5 years ago

December 26, 2019

केन र अलीको गोलमा टोटेनहम विजयी

110 views

0 Bookmark

एजेन्सी – कप्तान ह्यारी केन र डेल अलीले गोल गरेपछि टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटकलमा जित हात पारेको छ । घरेलु मैदानमा टोटेनहमले ब्राइटनमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा घरेलु टोली टोटेनहम खेलको ३७औं मिनेटमा पछि परेको थियो । ब्राइटनका एडम वेब्सटेरले गोल गरेका थिए । त्यसअघि २४औं मिनेटमा कप्तान केनले गोल गरेपनि भिएआरको सहायताबाट गोलले मान्यता पाएन ।

 

५३औं मिनेटमा कप्तान केनले सर्जी औरियरको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा औरियसकै पासमा डेल अलीले गोल गर्दै टोटेनहमलाई २–१ पूनरागमन जित दिलाए ।

जितसँगै टोटेनहम १९ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन २० अंकसहित १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा लन्डन क्लब आर्सनल बर्नमाउथसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बर्नमाउथका डान गोसिङले तथा आर्सनलका पिएरे इम्रिक औवामियाले बराबरी गोल फर्काए । बराबरीसँगै आर्सनल २४ अंकसहित ११औं स्थानमा तथा बर्नमाउथ २० अंकसहित १६औं स्थानमा छ ।

अन्य नजिता

क्रिस्टल प्यालेसविरुद्ध वेस्टह्याम (–१)

एस्टन भिल्लाविरुद्ध नर्विच सिटी (–०)

एभर्टनविरुद्ध बर्नली (–०)

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.