default_image

5 years ago

December 25, 2019

हालान्ड र रोनाल्डोलाई जोड्न युभेन्टस प्रयासरत

112 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय युभेन्टसको प्रदर्शन खस्किएसँगै क्लबले जनवरी ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्धका लागि गृहकार्य सुरु गरेको छ  विशेषगरी आक्रमणमा टोलीले सुधार गर्ने लक्ष्य राखेको छ ।

क्रिस्टियानो रोनाल्डोको आगमनसँगै क्लबले आक्रमणमा सुधार पाएको थियो । तर रोनाल्डोको उमेर बढ्दै गएसँगै उनीबाट नियमित रुपमा उत्कृष्ट प्रदर्शन हुन सकेको छैन । रोनाल्डो आफैंले पनि केहि विश्राम लिंदै क्लबका लागि खेल्दै आएका छन् । क्लबले अब रोनाल्डोलाई साथ पुग्ने हिसाबले नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ ।

नर्वेका युवा खेलाडी एर्लिङ हालान्डलाई युभेन्टसले आफ्नो मुख्य खेलाडीको रुपमा हेरेको छ । रेड बुल साल्जबर्गका लागि खेल्दै आएका उनले च्याम्पियन्स लिगमा लगातार गोल गर्दै चर्चा बटुलेका छन् । इटालियन संचार माध्यामका अनुसार युभेन्टसले अन्य ठूला क्लबलाई पछि पार्दै उनीसँग मौखिक सम्झौता गरिसकेको छ ।

हालान्डले मात्र १९ वर्षको उमेरमा यस सिजन २२ खेल खेल्दै २८ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगका ६ खेलमा ८ गोल गर्दै शीर्ष स्तरको फुटबलमा पनि आफूलाई प्रमाणित गरेका छन् । युवा अवस्थामा भएका कारण उनले युभेन्टसको आक्रमणमा दिर्घकालिन भूमिका खेल्न सक्ने छन् ।

हालान्डका एजेन्ट मिनो रायोला र युभेन्टसको सम्बन्ध राम्रो छ । उनकै सहयोगमा डच डिफेन्डर माथिस डे लिग्ट इटालियन क्लब आएका थिए ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.